• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जेष्ठ नागरिकलाई फेरी आर्थिक सहयोग प्राप्त

जेष्ठ नागरिकलाई फेरी आर्थिक सहयोग प्राप्त


चिसाङ शेर्पा
  • मंगलबार, असोज २ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    जेष्ठ नागरिक जिल्ला संघ खोटाङलाई पुनः आर्थिक सहयोग प्राप्त भएको छ । नेपालको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शन गर्न निस्केको संघलाई १२ हजार वढी आर्थिक सहयोग प्राप्त भएको हो ।गत शुक्रबारदेखी जेष्ठ नागरिक जिल्ला संघबाट धार्मिक भ्रमणमा निस्केका ९५ जना बृद्धाबृद्धालाई थप सहयोग पुग्ने उद्देश्यले नुवाकोट पञ्चकन्या गाँउपालिका– १ चौघडा घर भई गोंगबु काठमाण्डौे वसोवास गर्दै आएका राजकुमार खनालले १२ हजार ५ सय ५ रुपैयाँ नगद सहयोग गरेका छन् ।

     

    धार्मिक भ्रमणको क्रममा मंगलबार रुपन्देहीको लुम्बिनी भ्रमण गरी कास्कीको पोखरा हिडेका बृद्धबृद्धालाई नवलपुर जिल्लास्थित गैडाकोट नगरपालिका–११ भेडावारीमा एक कार्यक्रमको आयोजना गर्न लगाई खनालले सहयोग गरेका थिए । आफूहरुलाई नै भ्रमण गराईरहेका गोसाइकुण्ड तीर्थयात्रा प्रालिका सञ्चालकले सहयोग गरेकामा खुशी प्रकट गर्दै ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका सदस्य तथा जेष्ठ पाको उमेरका ७८ वार्षिय कर्ण वहादुर वजिमयले अविर माला लगाई आर्शिवाद दिएका थिए ।

     

    गोसाइकुण्ड तीर्थयात्रा प्रालिले नेपालसहित भारतको धार्मिक स्थलहरु गंगासागर, जगन्नाथपुरी, रामेश्वर, द्धारिकाधिश कन्याकुमारी तथा चिनको मानसरोवरको धार्मिक भ्रमण गराउदै आएका छन् । बृद्धबृद्धाहरुले जानकी मन्दिर, देवघाटधाम, बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको भ्रमण गरेका छन् । एकजना पत्रकार, एकजना स्वास्थ्यकर्मी र एकजना युवा उद्यमी सहित दश दिने धार्मिक भ्रमणमा निस्केका बृद्धबृद्धाहरुले बुधबार म्याग्दीको गलेश्वर, तातोपानी, विश्वको सबैभन्दा गहिरो गल्छी र मुस्ताङको घासा, लेटे, टुकुचे, मार्फा, जोमसोम, एक्लेभाटी, झारकोट र मुक्तिनाथको भ्रमण एबं दर्शन गर्नेछन् ।
    क्याप्सन : सहयोगीदाताबाट आएको सहयोग रकम ग्रहण गर्नुहुंदै जेष्ठ नागरिकहरु, तस्विर चिसाङ शेर्पा २०७५ असोज २ राती १० : १५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology