चिसाङ शेर्पा खोटाङ,
जेष्ठ नागरिक जिल्ला संघ खोटाङका बृद्धबृद्धाहरुले बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थल लुम्बिनीको भ्रमण एबं दर्शन गरेका छन् । रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने पवित्र भूमी लुम्बिनीको सोमबार बिहान बृद्धबृद्धाहरुले भ्रमण एबं दर्शन गरेका छन् ।


जेष्ठ नागरिक जिल्ला संघ खोटाङका ९५ जना बृद्धबृद्धा, एकजना पत्रकार, एकजना स्वास्थ्यकर्मी र एकजना उद्यमी सहितले लुम्बिनीको मायादेवी मन्दिर, अशोक स्तम्भ, श्रीलंका बौद्ध स्तुपा, जापनीज बौद्ध स्तुपा, दक्षिण कोरिया बौद्ध स्तुपा, थाईल्याण्ड बौद्ध स्तुपा, म्यान्मार बौद्ध स्तुपा, कम्बोडिया बौद्ध स्तुपा, सिङगापुर बौद्ध स्तुपा, चाईनिज बौद्ध स्तुपा, लगायतको दर्शन गरेका छन् ।

यसअघि बृद्धबृद्धाहरुले तनहुँमा रहेको देवघाटधामको दर्शन गरेको थियो । उनीहरुले मंगलबार कास्कीको पोखरामा रहेको पर्यटकीय स्थल तथा धार्मिक तीर्थस्थलकोे भ्रमण गर्नेे जेष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । गोसाईकुण्ड तिर्थ यात्रा प्रालि र जय जाल बा माई तिर्थयात्रा प्रालिले भ्रमण गराईरहेका बृद्धबृद्धाहरु फरकफरक दिन भिन्नभिन्न धार्मिकस्थलको भ्रमण गर्न पाउदा हर्षित भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको करीव सवै वडाका जेष्ठ नागरिकहरुलाई समेटेर गत शुक्रबारबाट भ्रमणका निस्केका बृद्धबृद्धाहरुको टोलीले नेपालको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शन गरीरहेका छन्।







तस्विर चिसाङ शेर्पा, २०७५ असोज १ राती ९ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology