• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निर्मलाको परिवारलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन

निर्मलाको परिवारलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन


समायोजन खबर
  • सोमबार, असोज १ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नमा संलग्न दोषी पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघ खोटाङले सरकार बिरुद्ध प्रदर्शन गरेको छ । ५४ दिन बित्दा समेत बालिकाको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन नसकेको भन्दै महिला संघले सोमबार दिक्तेलमा सरकार बिरुद्ध बिरोध प्रदर्शन गरेको हो । बालिका हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न र पिडितलाई न्यायको प्रत्याभुती दिलाउनका लागि दवाव स्वरुप बिरोध प्रदर्शन गरिएको नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राईले बताईन ।

     

    बिरोध जुलुसकाक्रममा रत्नपार्कमा कांग्रेस जिल्ला सदस्य सुमनबाबु आचार्य र महिला संघकी उपाध्यक्ष डिल्लीकुमारी आचार्यले, त्रिबेणीचोकमा महासमिति सदस्य रबिप्रकाश राई र हाटडाँडामा पुर्वसभापति एबं महासमिति सदस्य बिष्णुकुमार राईले निर्मलाको बलात्कार र हत्यामा संलग्न दोषी पत्ता लगाउनुको सट्टा प्रहरीले उल्टै प्रमाण नष्ट गरेर पिडितलाई झनै पिडित बनाउने काम गरिएको भन्दै बिरोध गरेका छन् ।
    २०७५ असोज १ साँझ ७ :१४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology