• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बृद्धबृद्धाहरुले गरे देवघाटधाम भ्रमण एबं दर्शन (१३ तस्विर)

बृद्धबृद्धाहरुले गरे देवघाटधाम भ्रमण एबं दर्शन (१३ तस्विर)


चिसाङ शेर्पा
  • आइतबार, भाद्र ३१ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङको टोलीले तनहुँमा रहेको पवित्र तीर्थस्थल देवघाटधामको भ्रमण एबं दर्शन गरेका छन् । तनहुँ जिल्लाको देबघाटधाम ९५ जना बृद्धबृद्धाहरुले आईतबार बिहान दशवजे भ्रमण एबं दर्शन गरेका हुन् ।


    तनहुँ र चितवन जिल्लामा फैलिएको देवघाटधाममा गलेश्वर आश्रम, हरिहर सन्यास आश्रम, महेश सन्यास आश्रम, चक्रेश्वर मन्दिर, पशुपतिनाथ मन्दिर, वसिष्ठ गुफा, सीता गुफा, सीताराम मन्दिर, सिद्ध गुफा, बृद्धाश्रम, लगायतको अवलोकन गरिएको जेष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार बृद्धबृद्धाहरुले कालिगण्डकी, मोदी तथा त्रिशुली, बुढी गण्डकी, मस्र्याङदी, सेती, माधी, दरौधी र चेपे/तादी नदीको संगमस्थल देवघाटमा स्नान तथा पुजाअर्चना गरेका थिए ।


    यसअघि बृद्धबृद्धाहरुले धनुषामा रहेको जानकी मन्दिर दर्शन गरेको थियो । उनीहरुले सोमबार विहान कपिलवस्तुमा अवस्थित लुम्बिनीको भ्रमण गर्नेछन् । गोसाईकुण्ड तिर्थ यात्रा प्रालि र जय जाल बा माई तिर्थयात्रा प्रालिले भ्रमण गराईरहेका बृद्धबृद्धाहरु फरक–फरक दिन भिन्नभिन्न धार्मिकस्थलको भ्रमण गर्न पाउदा हर्षित भएका छन् ।


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको करीव सवै वडाका जेष्ठ नागरिकहरुलाई समेटेर गत शुक्रबारबाट भ्रमणका निस्केका बृद्धबृद्धाहरुको टोलीले नेपालको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शन गर्ने भएका छन् ।

     

     

    तस्विर चिसाङ शेर्पा, २०७५ असोज १ बिहान ५ : ३० मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology