चिसाङ शेर्पा खोटाङ,
ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङको टोलीले धनुषामा रहेको जानकी मन्दिरको दर्शन एबं भ्रमण गरेका छन् । नेपालको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शनका लागि दिक्तेलदेखी शुक्रबारबाट निस्केको ९५ जना बृद्धबृद्धाहरुले शनिवार जानकी मन्दिरको दर्शन एबं भ्रमण गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको करीव सवै वडाका जेष्ठ नागरिकहरुलाई समेटेर भ्रमणका निस्केको टोलीमा एक पत्रकार र एक स्वास्थ्यकर्मी रहेका छन् । शुक्रबार साँझमा जानकी मन्दिरको दर्शन गर्ने भनिएता पनि दिक्तेल रत्नपार्कमा सडक बिग्रेकाले दुई घण्टा गाडी फसेकाले शनिवार विहान मात्रै दर्शन गरिएको ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । जानकी मन्दिरमा बृद्धबृद्धाहरुलाई खोटाङ हलेसी सेवा समाज काठमाण्डौका अध्यक्ष कर्णराज कटुवालले स्वागत गरेका थिए ।

गोसाईकुण्ड तिर्थ यात्रा प्रालि र जय जाल बा माई तिर्थयात्रा प्रालिको जिम्मामा भ्रमणमा निस्केका बृद्धबृद्धाहरुले जानकी मन्दिरमा रहेको गर्भगृह, सूरकिशोर दासजी, सिंहासन, सुनैना जनक मन्दिर, धनुष महायज्ञ, जानकीजीको चन्द्रिका, विवाह मण्डप, लक्ष्मण मन्दिर, जनक मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर, संकटमोचन मन्दिर, शिव मन्दिर, नगर डिहबार मन्दिर, रामानन्द आश्रम, मणिमण्डप, तोताद्रि मठ, रानीपाटी मन्दिर,गंगासागर, धनुषसागर लगायतको दर्शन एबं भ्रमण गरेका छन् । जानकी मन्दिरमा रामनवमी, जानकीनवमी, विवाह पञ्चमी, झुला, दशै,दीपावली, छठ, ग्रहण, चौठचन्द्र आदि विशेष श्रद्धा र भक्तिका साथ मनाईन्छ ।
बाँकी तस्विरमा हेरौ दिक्तेलबाट जानकी मन्दिरसम्मको यात्रा









२०७५ भदौ ३० साँझ ९ : ०८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology