• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तरुण दल अध्यक्षको हत्यारालाई कारबाहीको माग

तरुण दल अध्यक्षको हत्यारालाई कारबाहीको माग


चिसाङ शेर्पा
  • मंगलबार, भाद्र २६ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    नेपाल तरुण दल खोटाङले रोल्पाको तरुण दलका अध्यक्ष रोहित पुनको हत्यारालाई कारबाहीको माग गर्दै दिक्तेलमा विरोध प्रर्दशन गरेको छ । रोल्पाको सुलीचौरस्थित रेष्टुरेष्टमा भदौ २४ गते साँझ गोली हानी हत्या गर्ने हत्यारालाई हदैसम्मको कारबाहीको माग राखेर विरोध गरेको हो ।

    नेकपा नेतृत्व सरकारको विरोधमा मंगलबार नाराबाजी सहित कांग्रेसको भातृ संगठन तरुण दलले विपी स्मृती भवन दिक्तेलबाट त्रिवेणीचोक, भवनगैरा हुंदै जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रर्दशन गरेको थियो । जिल्ला प्रशासन कार्यालय अगाडी केही वेरको नारावाजीपछि सभामा परिणत भएको सभालाई नेपाल विधार्थी संघका पुर्व अध्यक्ष राजकुमार राई, तरुण दलका उपाध्यक्ष काजीमान राई र तरुण दलका अध्यक्ष भिषण राईले सम्बोधन गरेका थिए ।

    रोल्पा नगरपालिकाका तरुण दलका अध्यक्ष पुनको कम्युनिष्ट कार्यकर्ताहरुले  हत्या गरेको भन्दै तरुण दलले त्यसको निन्दा समेत गरेको छ । सभालाई सम्बोधन गर्दै युवा नेताहरुले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपुर्ती दिलाउनु पर्ने र शहीद घोषणा गर्नुपर्ने सरकारसँग माग राखेका छन् । आफूहरुले राखेको माग सरकारले पुरा नगरे अन्य विरोधका कार्यक्रम गर्ने उनीहरुले बताएका छन् ।
    रोल्पा नगरपालिका २ सिमलबाङका २९ वर्षीय पुनको हत्यामा संलग्न रोल्पा नगरपालिका १० धबाङका देव वहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
    क्याप्सन :तरुण दलका अध्यक्ष पुनको हत्यारालाई कारवाहीको माग गर्दै दिक्तेलमा निकालिएको विरोध प्रर्दशन, तस्विर चिसाङ, २०७५ भदौ २६ साँझ ७ : ५१  मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology