• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डलरको भाउ अहिलेसम्मकै महँगो

डलरको भाउ अहिलेसम्मकै महँगो


समायोजन खबर
  • बुधबार, भाद्र २० २०७५

  • समायोजन खबर खोटाङ,

    डलरको भाउ झनै महंगो भएको छ । आज १ डलरको नेपाली बजार भाउ १ सय १४ रुपैयाँ ८४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८४ रुपैयाँ तोकेको छ ।

     

    यसअघि गएको गएको शनिबार डलरको भाउ १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ  । अमेरिकी अर्थतन्त्र  मजबुत बन्दै गएकाले पनि डलर महंगो हुँदै गएको राष्ट्र बैंकको भनाई छ ।

     

    डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र वस्तु निकासी लगायतका केही क्षेत्रमा फाइदा भए पनि घाटा धेरै हुने अर्थविद्हरुको भनाई छ । डलर महँगो हुँदा नेपालले विकास निर्माणका लागि ल्याउने विदेशी सामग्रीको भाउ बढ्न सक्ने डर छ । त्यस्तै भारतीय मुद्रा बाहेक अन्य मुद्रा किनिने सामग्रीको भाउ पनि बढ्न सक्छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन नरबहादुर थापाका अनुसार डलरको भाउ बढ्दा सबैभन्दा ठूलो असर पेट्रोलियम पदार्थमा पर्ने गरेको छ । उज्यालो

    याे पनि पढ्नुहाेस् 

    डलरको भाउ फेरि बढ्याे

    २०७५ भदौ २० गते मध्यान्ह २ : १४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology