डलरको भाउ फेरि बढ्याे

समायोजन खबर खोटाङ,
निरन्तर उकालो लागिरको डलरको भाउ नेपाली बजारमा शनिबार पनि थप महंगो भएको छ । आज १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको छ । शुक्रबार डलरको भाउ १ सय १३ रुपैयाँ ४९ पैसा थियो । आज शनिबार अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रीदर १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको छ ।
नेपालमा गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो, त्यसपछि डलर झनै महँगो बनेको हो । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र बस्तु निकासी लगायतका केहि क्षेत्रमा फाइदा भएपनि घाटा धेरै हुने अर्थविद्हरुको भनाई छ । डलर महँगो हुँदा नेपालले विकास निर्माणका लागि ल्याउने विदेशी सामग्रीको भाउ बढ्न सक्ने डर छ ।
त्यस्तै भारतीय मुद्रा बाहेक अन्य मुद्रा किनिने सामग्रीको भाउ पनि बढ्न सक्छ । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशन नरबहादुर थापाका अनुसार डलरको भाउ बढ्दा सबैभन्दा ठुलो असर पेट्रोलियम पदार्थमा पर्ने गरेको छ । उज्यालो
२०७५ भदौ १६ गते अपरान्ह ३ : ३२ मा प्रकाशित