• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

डलरको भाउ फेरि बढ्याे

डलरको भाउ फेरि बढ्याे


समायोजन खबर
  • शनिबार, भाद्र १६ २०७५

  • समायोजन खबर खोटाङ,

    निरन्तर उकालो लागिरको डलरको भाउ नेपाली बजारमा शनिबार पनि थप महंगो भएको छ । आज १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको छ । शुक्रबार डलरको भाउ १ सय १३ रुपैयाँ ४९ पैसा थियो । आज शनिबार अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रीदर १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको छ ।

     

    नेपालमा गएको साउन २९ गते डलरको भाउ १ सय १२ रुपैयाँ २९ पैसा पुगेको थियो, त्यसपछि डलर झनै महँगो बनेको हो ।  अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र बस्तु निकासी लगायतका केहि क्षेत्रमा फाइदा भएपनि घाटा धेरै हुने अर्थविद्हरुको भनाई छ । डलर महँगो हुँदा नेपालले विकास निर्माणका लागि ल्याउने विदेशी सामग्रीको भाउ बढ्न सक्ने डर छ ।

     

    त्यस्तै भारतीय मुद्रा बाहेक अन्य मुद्रा किनिने सामग्रीको भाउ पनि बढ्न सक्छ । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशन नरबहादुर थापाका अनुसार डलरको भाउ बढ्दा सबैभन्दा ठुलो असर पेट्रोलियम पदार्थमा पर्ने गरेको छ । उज्यालो

    २०७५ भदौ १६ गते अपरान्ह ३ : ३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology