• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा वेवारिसे शव फेला

खोटाङमा वेवारिसे शव फेला


समायोजन खबर
  • बुधबार, भाद्र २० २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाडाँको रभुंवाघाटमा वेवारिसे अवस्थामा शव फेला परेको छ । रभुवाघाटस्थित रावाखोलाको भंगालोमा वालुवामा टाउको गाडिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २२ वर्ष उमेरको जस्तो देखिने शवमा किरा परेको छुँदा मासु खस्ने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

     

    वेवारिसे शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको छ । घटनाको प्रकृति हेर्दा खोलाले बगाएर ल्याएको हुन सक्ने र मृतककको शव सडेको अवस्थामा भेटिएकोले कसैको आफन्त हराएको भए जानकारी गराईदिन हुन भन्दै सवैतिर जानकारी गराईएको तर, कोहि पनि मानिस सम्पर्कमा नआएकोले शव पहिचान गर्न समस्या भएको डिएसपी केसीको भनाई छ ।
    २०७५ भदौ २० गते मध्यान्ह १  :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology