• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुबै मृगौला फेल भएका वालिकालाई ३७ हजार सहयोग

दुबै मृगौला फेल भएका वालिकालाई ३७ हजार सहयोग

छोरी बचाईदिन सबैसँग अपिल


चिसाङ शेर्पा
  • मंगलबार, भाद्र १९ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    दुबै मृगौला फेल भएका वालिकालाई आर्थिक सहयोग गरीएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कांडेका ९ वर्षीय सुस्मिता विश्वकर्मालाई थप उपचारका लागि ३७ हजार बढी आर्थिक सहयोग गरिएको छ । बैदेशिक रोजगार सरोकार समाज, महिला मानव अधिकार रक्षक सञ्जाल, स्वीस ईन्टरकोअपरेशन नेपाल हेल्भेटास, सुरक्षित आप्रावासन परियोजना सामी, वालसेवा समाज नेपालको संयुक्त सहकार्यमा संकलित ३७ हजार १ सय २५ रुपैयाँ आर्थिक सहयोग गरिएको बैदेशिक रोजगार सरोकार समाज दिक्तेलले जनाएको छ ।

     

    सोमबार र मंगलबार दिक्तेल बजारमा संकलन गरिएको रकम सोही दिन दिउँसो एक कार्यक्रमको आयोजना गरी रोगी बालिका सुस्मिता, बालिकाको आमा लक्ष्मी विश्वकर्मालाई बैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राई, सुरक्षित आप्रवासन परियोजना (सामी) जिल्ला संयोजक भक्तकुमार राई, बालसेवा समाज नेपालका अध्यक्ष चन्द्रकला भुजेलले सहयोग रकम हस्तान्तरण गरेका हुन् । सहयोग रकम संकलनमा बैदेशिक रोजगार सरोकार समाजले मुख्य भूमिका निर्वाह गरेको थियो । सरोकार समाजले २६ हजार ४ सय २५ र सामी समुहले ७ हजार ७ सय तथा हस्तान्तरण कार्यक्रममा अन्य तीनजनाले तीन हजार सहयोग गरेको थियो ।

                                                                            मृगौला रोगी सुस्मिता र आमा लक्ष्मी

    वाल्यकालमा नै दुबै मृगौला रोगको शिकार बनेकी बालिका सुस्मिताको यसअघि पनि पाँच वर्षको उमेरमा मृगौलामा समस्या आएको र उपचारपछि ठिक भएको थियो । तर, साउन १५ गतेबाट भने, दुवै मृगौला फेल भएको उपचारमा संलग्न चिकित्सकले बताएको मामा भलकाजी विश्वकर्माले बताए । आर्थिक अवस्था कमजोर भएको सुस्मिताको बुबा बैदेशिक रोजगारीको सिलसिलामा बिगत ९ वर्षदेखी मलेसियामै गायब भएका छन् । हिलसाईड स्याम्पल एकेडेमीको शाखा मुढेमा कक्षा दुईमा अध्ययनरत बालिकाको मृगौला फेल भएकै कारण पढाई बन्द भएको छ । उपचारका लागि भएभरको पैसा सकिएको तर, छोरी ठिक नभएपछि परिवार चिन्तित बनेकोे छ । उपचारमा धेरै खर्च हुंदा परिवार ऋणमा डुबेको छ । दुवै मृगौला फेल भएकी सुस्मिता हाल कान्ती वाल अस्पताल काठमाण्डौका चिकित्सकको निगरानीमा रहेर मंसिर २ गतेसम्मका लागि औषधी खाईरहेका छन् ।

     

    रकम अभावमा अस्पतालमा बस्ने स्थिती नभएपछि आइतबारदेखी छोरीलाई लिएर घरमा आएको सुस्मिताको आमा लक्ष्मीले बताईन् । सुस्मिताको देव्रे मृगौलाले ७५ प्रतिशत र दाहिने मृगौलाले १० प्रतिशत काम गरिरहेको छ । चिकित्सकका अनुसार बालिकाको देव्र मृगौला अपरेशन गर्नुपर्ने र दाहिने मृगौला झिकेर फाल्नुपर्ने छ । अपरेशन तथा मृगौला झिकेर फाल्नलाई साढे दुई लाखदेखी तीन लाखसम्म लाग्ने परिवारले जनाएको छ । भएभरको पैसा सकिएपछि परिवारले छोरी बचाईदिन सबैसँग अपिल गरेको छ । सुस्मिता बचाउका लागि साउदी, दुवाई र कतारमा आफन्तको सहयोगमा रकम संकलन भईरहेको छ ।

    क्याप्सन : दुबै मृगौला फेल भएका वालिका सुस्मितालाई सहयोग रकम हस्तान्तर गर्दै अभियानकर्ताहरु, तस्विर चिसाङ शेर्पा, २०७५ भदौ १९ साँझ ५ :१९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology