चिसाङ शेर्पा खोटाङ,
खोटाङमा दुबै मृगौला फेल भएका वालिका वचाउँका लागि आर्थिक संकलन सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ कांडेका ९ वर्षीय सुस्मिता विश्वकर्माको उपचारार्थ सहयोग रकम संकलन गरिएको हो । बाल्यकालमा नै दुबै मृगौला रोगको शिकार बनेकी बालिकाको लागि सुरक्षित आप्रावासन परियोजना सामी अन्र्तगतका कर्मचारी र बैदेशिक रोजगार सरोकार समाजका पदाधिकारी र आफन्तले दिक्तेल बजारमा ब्यानरसहित ‘सुस्मिता बचाउका लागि आर्थिक संकलन’ थालनी गरेको बैदेशिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राईले बताईन् ।
दिक्तेल बजारको भवनगैरा, त्रिवेणीचोक र अम्बागाछीसम्म स्वेच्छिक रुपमा संकलन गर्दा १५ हजार ७ सय ७५ रुपैयाँ संकलन भएको छ । दिक्तेल बजारको अन्य स्थानमा मंगलबार आर्थिक सहयोग संकलन गरिने समाजले जनाएको छ । सुस्मिताको यसअघि पनि पाँच वर्षको उमेरमा मृगौलामा समस्या आएको र उपचारपछि ठिक भएको थियो । तर, साउन १५ गतेबाट भने, दुवै मृगौला फेल भएको उपचारमा संलग्न चिकित्सकले बताएको मामा भलकाजी विश्वकर्माले बताए ।

सहयोग रकम संकलन गर्दै अभियान्ताहरु
आर्थिक अवस्था कमजोर भएको सुस्मिताको बुबा बैदेशिक रोजगारीको सिलसिलामा बिगत ९ वर्षदेखी मलेसियामा रहेको तर, परिवारलाई सहयोग नगर्दा कान्छी छोरीको अपरेशनमा थप समस्या भएको आमा लक्ष्मी विश्वकर्माले बताईन् । श्रीमान विदेशमा छन् । उनले भनिन, ‘परिवारसँग बेलाबेलामा सम्पर्कमा आउने तर, परिवारलाई बेवास्ता गर्दा समस्या नै समस्या आएको छ । हिलसाईड स्याम्पल एकेडेमीको शाखा मुढेमा कक्षा दुईमा अध्ययनरत बालिकाको मृगौला फेल भएकै कारण पढाई बन्द भएको छ । उपचारका लागि भएभरको पैसा सकिएको भएपनि छोरी ठिक नभएको परिवारले जनाएको छ । उपचारमा धेरै खर्च हुंदा परिवार ऋणमा डुबेको छ ।
दुवै मृगौला फेल भएकी सुस्मिता हाल कान्ती वाल अस्पताल काठमाण्डौका चिकित्सकको निगरानीमा रहेर औषधी खाईरहेका छन् । रकम अभावमा अस्पतालमा बस्ने स्थिती नभएपछि आज छोरीलाई लिएर घरमा आएको सुस्मिताको आमाले बताईन् । सुस्मिताको देव्रे मृगौलाले १५ प्रतिशत र दाहिने मृगौलाले १० प्रतिशत काम गरिरहेको छ । चिकित्सकका अनुसार बालिकाको देव्र मृगौला अपरेशन गर्नुपर्ने र दाहिने मृगौला झिकेर फाल्नुपर्ने छ । अपरेशन तथा मृगौला झिकेर फाल्नका लागि परिवारसँग रकम नहुंदा परिवार अन्योलमा परेको छ । छोरी बचाउनका लागि २ लाखदेखी ३ लाखसम्म लाग्ने परिवारले जनाएको छ । भएभरको पैसा सकिएपछि परिवारले छोरी बचाईदिन सबैसँग अपिल गरेको छ । सुस्मिता बचाउका लागि साउदी, दुवाई र कतारमा आफन्तको सहयोगमा रकम संकलन भईरहेको छ ।
क्याप्सन : सहयोग रकम संकलन गर्दै अभियान्ताहरु, तस्विर चिसाङ शेर्पा, २०७५ भदौ १८ गते साँझ ६ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology