चिसाङ शेर्पा खोटाङ,
खोटाङको खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । बर्थिङ सेन्टर सुरुवातदेखी अन्तिमसम्मको चाहाना, आमा नवशिशु तथा बच्चाको सु–स्वास्थ्यको कामना, बर्थिङ सेन्टरमा बच्चा जन्माउ, आमा र नवशिशुको ज्यान जोखिम तथा मृत्यु हुनवाट बचाउ भन्ने उद्देश्यले जिल्लाको हकमा ४८ औं तथा गाउँपालिकाको हकमा चौथो बर्थिङ सेन्टर स्थापना गरिएको हो । सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि आईतबार ईन्द्रेणीपोखरीमा गाउँपालिका प्रमुख प्रदिप राईले बर्थिङ सेन्टर विधिवत रुपमा उदघाटन गरेका हुन् ।
गर्भवती महिलालाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सेवा सुरु गरिएको हो । बर्थिङ सेन्टर स्थापनाका लागि गाउँपालिका र वडा कार्यालयले बेड, आवाश्यक उपकरण र अपुग सामग्री खरीद तथा एचए एक जना, दुईजना अहेव, दुईजना अनमि, एकजना चौविसे घण्टे अनमिको व्यवस्था गरेपछि बर्थिङ सेन्टर सुरु गरिएको वडाध्यक्ष देबिन्द्र राईले जानकारी दिए ।
यससँगै खोटेहाङ गाउँपालिकामा चार वटा बर्थिङ सेन्टर भएको छ । यसअघि गाउँपालिकाको सावाकटहरे, खोटाङबजार र बड्कादियालेमा वर्थिङ सेन्टर सञ्चालनमा आइसकेको छ । सावाकटहरेको बर्थिङ सेन्टर औपचारिक रुपमा उद्घाटन गर्न बाँकी छ । आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् ।
क्याप्सन : बर्थिङ सेन्टर सुरुवात भएको घोषणा गर्दै गाउँपालिका प्रमुख राई, तस्विर, समायोजन खबर २०७५ भदौ १८ गते अपरान्ह ३ : ५१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology