• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो


समायोजन खबर
  • आइतबार, भाद्र १७ २०७५

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ,

    यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै १२ घण्टापछि खुलेको छ । शनिबार राति करिब पौने ९ बजे दुर्घटना भएपछि बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो । विमान दुर्घटना भएपछि विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो ।

    त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका कर्मचारी, सुरक्षाकर्मीको संयुक्त टोलीले विमानलाई तानेर धावनमार्गबाट पार्किङवेमा पुर्‍याएका छन् । त्यसलगत्तै धावनमार्गमा सरसफाइ गरेर विमानस्थल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

    नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट स्टि्रम विमान गए राति अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर धस्सिएको थियो । सो क्रममा विमानमा सवार पाँच जना यात्रु सामान्य घाइते भएका छन् ।अनलाईनखबर

    यो पनि पढ्नुहोस् 

    त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु गर्ने तयारी

    २०७५ भदौ १७ गते बिहान ९ : ०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology