त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

समायोजन खबर खोटाङ,
यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै १२ घण्टापछि खुलेको छ । शनिबार राति करिब पौने ९ बजे दुर्घटना भएपछि बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो । विमान दुर्घटना भएपछि विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो ।
नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको नाइन एन एएचडब्लुको जेट स्टि्रम विमान गए राति अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेर धस्सिएको थियो । सो क्रममा विमानमा सवार पाँच जना यात्रु सामान्य घाइते भएका छन् ।अनलाईनखबर
यो पनि पढ्नुहोस्
त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु गर्ने तयारी
२०७५ भदौ १७ गते बिहान ९ : ०३ मा प्रकाशित