Samayojan khabar

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थलमा उडान अवतरण सुरु गर्ने तयारी

समायोजन खबर खोटाङ,

नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण गराउने तयारी भईरहेको छ । यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको थियो । त्यसलगत्तै राति पौने ९ बजेदेखि विमानस्थलमा उडान अवतरण ठप्प भएको थियो । अहिले विमान हटाउने प्रयास भइरहेको छ ।

 

विमानस्थल स्रोतले दिएको जानकारीअनुसार बिहान आठ बजेदेखि उडान अवतरण सुरु गर्ने तयारी छ । एयरपोर्ट बन्द भएपछि काठमाडौंबाट जाने र काठमाडौं आउने यात्रुहरु अलपत्र परेका छन् । विराटनगर, चितवन, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका एयरपोर्टहरुमा यात्रुहरुको चाप अत्यधिक छ । उनीहरु काठमाडौंको एयरपोर्ट खुल्ने प्रतिक्षामा बसिरहेका छन् ।

 

नेपालगञ्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले अनलाइनखबरसँग भने, ‘यहाँ धेरै यात्रुहरु काठमाडौं जाने भनेर कुरिरहनु भएको छ । आठ बजे काठमाडौंको एयरपोर्ट खुल्ने जानकारी हामीलाई छ । त्यसपछि हामी पनि पठाउँछौं ।’ नेपालगञ्जबाट शनिबार साँझ काठमाडौं आएको यती एयरलाइन्सको जेट स्ट्रीम जहाज अवतरणको क्रममा चिप्लिँदा अगाडिको पांग्रा भाँचिएको थियो । सो क्रममा पाँच जना यात्रु सामान्य घाइते भएका छन् । विमानमा २१ यात्रु थिए ।अनलाईनखबरको सहयोगमा
२०७५ भदौ १७ गते बिहान ८ : १९ मा प्रकाशित

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

मुख्य समाचार

नेकपामा नेपालको लिखित असहमति

समायोजन खबर काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

गलत बाटोतर्फ एसईई परिक्षार्थी

चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...