सरिता राई भोजपुर
किराँत साम्पाङ्ग राई जुम्लेखा जिल्ला कार्यसमिति भोजपुरले जनप्रतिनिधीलाई सम्मान गरेकोे छ । जिल्ला कार्यसमिती भोजपुरले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थानिय तह निर्बाचन २०७४ बाट निर्बाचित किराँत साम्पाङ्ग राई जनप्रतिनिधीहरुलाई सम्मान गरेको हो ।
आदीवासी जनजाती भवनमा आयोजित कार्यक्रममा किराँत साम्पाङ्ग राईबाट निर्वाचित संघ प्रदेश तथा स्थानिय तहका प्रमुख उपप्रमुख वडाअध्यक्ष सदस्य लगायत ११ जना जनप्रतिनिधी सम्मानित भएका हुन् । सम्मानित व्यक्तित्वलाई परम्परागत किराँत पहिचानको सामाग्री कठुवा, फेटा र सम्मान पत्र प्रदान गरिएको थियो । सम्मान पश्चात जनप्रतिनिधीले खुसी व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्ने अधिकाशं वक्ताले भाषिक संस्थामा संगठित हुन राजनितिक आग्रह पुर्वाग्रह नराखी एकजुठ हुनुपर्ने भन्दै किराँत समुदायको भाषा संरक्षण र सम्बद्र्धनका लागी स्थानिय तहले रकम विनियोजन गर्नुपर्ने बताएका थिए । कार्यसमितीका अध्यक्ष मेजर बलिमान राईको अध्यक्षता तथा संस्थाका केन्द्रिय उपाध्यक्ष जित राईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आदीवासी जनजाती महासंघका सचिव गणेश प्रधान, किराँत राई यायोक्खा कार्यबाहक अध्यक्ष सिर्जना राई,विभिन्न भाषिक संघसंस्थाका प्रमुख, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
२०७५ भदौ १६ गते साँझ ६ : ५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology