चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा पर्शुराम खत्रीको अध्यक्षतामा १३ सदस्य अपांगता भएका ब्यक्तिहरुको स्थानिय वडा समन्वय समिति गठन भएको छ । अपांगता भएका ब्यक्तिहरुको हक अधिकार, जिविकोपार्जन साथै अन्य सेवा सुविधा लिनका निम्ति संस्था गठन गरिएको हो ।
अपांगता सेवा संघ दिक्तेलको आयोजना गठित समितिको उपाध्यक्षमा प्रतिमा आचार्य, सचिवमा गोविन्द प्रसाद आचार्य, सह,सचिवमा निर बहादुर खड्का र कोषाध्यक्षमा रेनुका आचार्य रहनुभएको अपांगता सेवा संघ दिक्तेलका निर्देशक कृष्ण आचार्यले जानकारी दिनुभयो । निर्देशक आचार्यका अनुसार सोही बमोजिमका समिति अन्य सबै स्थानिय निकायमा पनि गठन गर्दै जाने बताउनुभयो ।
२०७५ भदौ १५ गते साँझ ७ :४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology