चिसाङ शेर्पा खोटाङ,
खोटाङमा एकवटा टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बस्नेत टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको हो ।
खाल्लेको ६ सय ४८ घरधुरी मध्ये २९ घरधुरी रहेको वस्नेत टोलमा १३ जना पुरुष बैदेशिक रोजगारीमा गएका सबैले विदेश जाँदा सीप सिकेर गएका, एकजना बाहेक अन्यले आवाश्यक कागजातको एक÷एक प्रती फोटोकपी घरमा राखेका, विदेशबाट आफन्तले पठाएको पैसा अनावश्यक फजुल खर्च नगरी बचत गरेका, बिदेशबाट फर्केपछि सीपमूलक आयआर्जनमा लागेका, महिला हिंसा विरुद्ध आरोप लान्छना विरुद्ध संगठीत भएका आधारमा बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गरिएको सामी परियोजना सामाजिक परिचालक सन्तोष कुमार राईले जानकारी दिए ।
सुरक्षित आप्रावासन परियोजना सामी अन्र्तगत नवकिरण सेवा समाज नेपालको सहकार्यमा सूचना तथा परामर्श सेवा तथा सामाजिक परिचालन कार्यक्रम र वडाको आयोजनामा गतवर्षको कात्र्तिक १४ गतेबाट यहि भदौ ७ गतेसम्ममा बैदेशिक रोजगार सम्बन्धि विभिन्न मनोपरामर्श, जनचेतनामूलक शन्देश, साक्षरता कक्षा लगायतबाट बैदेशिक रोजगार सुरक्षित टोल निर्माण गरेर बिहीबार खाल्लेको बस्नेत टोललाई वडाध्यक्ष डिल्ली कुमार राईले बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गर्नुभएको थियो ।

बैदेशिक रोजगार सम्बन्धि साक्षरता कक्षा पाएपछि परिवारमा दैनिकी लेख्ने, पासवुक भर्ने, दैनिक बचत गर्ने, फजुल खर्चलाई कम गर्ने र विदेशमा भागेर काम गर्न नहुनेजस्ता शिक्षा पाउदा परिवारमा परिवर्तन आएको बस्नेत टोलका दुर्गा बस्नेतले बताईन् । बिदेश जादाँ सीप, भाषा सिकेर गएमा तथा कागजपत्र सुरक्षित राखेमा बैदेशिक रोजगारी सहज र दुख नपाईने विदशेबाट फर्केका बिनोद बस्नेतले बताए । बस्नेत टोललाई बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गदै परियोजनाले अन्य टोलमा अभियान थालनी गर्ने जनाएको छ । खाल्लेमा ४७ जनाले सीप सिकेर विदेश गएका,७९ जनाले कागजपत्र घरमा छोडेका, ३८ जनाले पैसा तिरेको भरपाई लिएको र ४७ वटा बैदेशिक समस्या रहेको पाइएको छ ।
सुरक्षित आप्रवासन परियोजना सामी र नबिकरण सेवा समाजको पछिल्लो समयको आँकडा अनुसार खाल्लेबाट मलेसियामा ५३, कतारमा ५८, दुवाई ३५, साउदी ५१, कुबेत १३, बहराईन २, कोरिया/जापान २ र युरोप/अमेरिकामा १० जना गरी २ सय २४ जना बैदेशिक रोजगारीका लागि बिदेश गएका छन् । जसमा पुरुष २ सय २० जना र महिला ४ जना रहेको छ । नेपाली समाजमा बिकराल समस्याको रुपमा रहेको बैदेशिक रोजगारलाई सुरक्षित बनाउन परिवार, समाज, बैदेशिक रोजगारमा गएका ब्यक्ति सबैजना संगठित भएर लाग्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
क्याप्सन : बैदेशिक रोजगार सुरक्षित टोल घोषणा गर्नुहुदै वडाध्यक्ष डिल्ली कुमार राई, तस्विर चिसाङ शेर्पा, २०७५ भदौ १४ गते अपरान्ह ३ : ४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology