• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घरभित्र मोटरसाईकल पस्दा एक घाईते

घरभित्र मोटरसाईकल पस्दा एक घाईते


चिसाङ शेर्पा
  • बुधबार, भाद्र १३ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा मोटरसाईकल अनियन्त्रित भई ठक्कर दिंदा एकजना घाईते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडामा निजी प्लेटको बा ९६ प ५२२२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई घरभित्र पसेर ठक्कर दिंदा दिक्तेल हाटडाँडाका स्थानिय किसन राई घाईते भएका हुन् ।

     

    खाल्लेका मोटरसाईकल चालक शंकर कट्वालले हाटडाँडाबाट बालबच्चा लिएर बोर्डिङ लैजाने क्रममा मोटसाईकल अनियन्त्रित भएपछि घाईते राईको घरभीत्र पसेर ठक्कर दिंदा देव्रे खुट्टामा गम्भीर चोट लागेको छ । भने, मोटरसाईकलमा चडेका दुईजना बालबच्चा सामान्य घाईते भएको प्रहरीले जनाएको छ । मोटरसाईकल अनियन्त्रित भएपछि केही व्यक्तिको घरको ढोका र पार्किङमा राखेको दुईवटा मोटरसाईकलमा क्षति पुगेको थियो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाईकल हाटडाँडा भानुचोक नजिकै केहीबेर फिल्मी शैलीमा जताततै गुडेको थियो ।

     

    देव्रे खुट्टामा चोट लागेका राईको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि काठमाण्डौं रेफर गरिएको स्थानीय प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाईकल चालक कट्वाल र मोटरसाईकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरिक्षक मनोज यादवले जानकारी दिए । मोटरसाईकल चालकसँग लाइसेन्स समेत नभएको प्रहरीले जनाएको छ ।
    क्याप्सन : घरभित्र पसेको मोटरसाईकल, तस्विर, समायोजनखबर २०७५ भदौ १३ गते साँझ ७ : १४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology