समायोजन खबर खोटाङ,
ज्यान मार्ने उद्योग मुद्धामा सजाय सुनाइएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका ६४ वर्षीय दावानीमा शेर्पा कारागार चलान भएका छन् । भोजपुर दिङ्लाका एक आफन्तलाई ज्यान मार्ने नियतले कुटपिट गरेको मुद्धामा ५ वर्ष कैंद सजाय सुनाइएका शेर्पा ४ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो ।
जिल्ला अदालत भोजपुरले २०७१ साल जेठ २२ गते ज्यानमार्ने उद्योग मुद्दामा सजाय सुनाएका शेर्पा जिल्ला कारागार शाखा दिक्तेल चलान भएका हुन् ।
२०७५ भदौ १२ गते साँझ ७ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology