• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बंशिलाघाटको झोलुङगे पुल दुई पटक उद्घाटन

बंशिलाघाटको झोलुङगे पुल दुई पटक उद्घाटन


चिसाङ शेर्पा
  • मंगलबार, भाद्र १२ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    जिल्लाको बराहपोखरी गाउँपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाको सिमाना बंशिलाघाटस्थित दुधकोसी नदीमा निर्माण भएको झोलुङ्गे पुलको दुई पटक उद्घाटन गरिएको छ । झोलुङगे पुल निर्माणपछि भदौ १० गते उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई, पौवासेराका वडाध्यक्ष सहितको टोलिले विधिवत ढंगले पुल उद्घाटन गरेका थिए ।

     

    यद्यपी, भदौ ११ गते बराहपोखरी गाउँपालिकाको आयोजनामा त्यही झोलुङगे पुल खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, खोटाङ क्षेत्र नंं.दुईका प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले सामूहिक रुपमा फेरी उद्घाटन गरेका छन् । साइन्स टेक इन्फ्राटक्चर डेभलपमेन्ट एन्ड रिसर्च प्रालिको डिजाइनमा जगदम्बा शंकरमाली जेभीले पुलको निर्माण गरेको हो ।

     

    २ सय ३५ मिटर लम्बाई १.५ मिटर चौडाई भएको पुलको ८५ मेट्रिक टन क्षमता रहेको छ । ०३४ सालमा स्थानीय नयन्द्रबहादुर बिष्टले आफ्नै लगानीमा घिर्नी संचालनमा ल्याइ खोटाङ र उदयपुरका जनतालाई सुनकोसी वारिपारी गर्ने वातावरण बनाएका थिए । दुई बर्षपछि घिर्नी बन्द भएपछि डुङ्गाबाट जोखिम मोलेर नदी वारपार गर्नुपर्ने अबस्था थियो ।

     

    बंशिलाघाटको एउटै पुल दुईपटक उद्घाटन हुंदा  केही मात्रामा तरंग पैदा भएको छ । सरोकारवाला, बुद्दिजिवी लगायतले दुईपटक पुल उद्घाटन गर्नुको सट्टामा यस्तै अन्य विकासको काममा लागि पर्न सामाजिक सञ्जाल मार्फत पुल उद्घाटनमा संलग्न नेताहरुलाई सुझाव दिएका छन् । पुल निर्माण कम्पनीले बराहपोखरी गाउँपालिकालाई हस्तान्तरण गरेको पुल दुईपटक उद्घाटन गर्नुको रहस्य के हो भनेर बुझ्न खोज्दा बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जरासँग सम्पर्क हुन सकेन ।

     

    २०७३ सालको असार ११ गते आफैले शिलन्यास गरेको पुल दुई वर्ष, दुई महिनामा उद्घाटन भएको प्रतिनिधिसभाका सदस्य बिशाल भट्टराईले बताउनुभयो । ०७० सालको निर्वाचन पश्चात नै पुलको माग गर्नमा आफू लागि परेको र त्यहाँबाट निर्वाचित जनप्रतिनिधिको नाताले निम्तो गरेका कारण आफूले पुल उद्घाटन गरेको प्रतिनिधिसभा सदस्य भट्टराइले बताए ।

    यो पनि पढ्नुहोस

    बंशिलाघाटको झोलुङगे पुल उद्घाटन, स्थानिय हर्षित

    क्याप्सन  : बंशिलाघाटको पुल उदघान पश्चात फोटो खिचाउदै अतिथिहरु, तस्विर, समायोजन खबर, २०७५ भदौ १२ गते अपरान्ह ४ : ०० बजे प्रकाशित

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology