Samayojan khabar

Advertisment

SKIP THIS

बंशिलाघाटको झोलुङगे पुल उद्घाटन, स्थानिय हर्षित

चिसाङ शेर्पा खोटाङ,
बराहपोखरी गाउँपालिका–६ पौवासेरा र चौदण्डीगढी नगरपालिकासँग सिधा यातायात जोड्ने बंशिलाघाटस्थित दुधकोसी नदीको झोलुङगे पुलको उद्घाटन गरिएको छ । झोलुङगे पुलको उदयपुर चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले उद्घाटन गरेका हुन् ।

 

विधिवत रुपमा झोलुङगे पुल उद्घाटनसँगै सुचारु भएपछि बराहपोखरी, जन्तेढुंगा, खोटेहाङ गाउँपालिका र केही भोजपुरका स्थानियलाई बाधकको रुपमा रहेको दुधकोसी नदी पार गर्न सहजता भएको छ ।

 

पुल सुचारुपछि बराहपोखरी गाउँपालिकाको पौवासेरा, मौवाबोटे, जन्तेढुंगा गाउँपालिकाको देविस्थान, दिप्लुङ, चिसापानी, काहुले, डम्र्बखुशिवालय, खोटेहाङ गाउँपालिकाको सावाकटहरे, वाप्लुखा, लिकुवापोखरी र भोजपुरको आमचोक गाउँपालिकाको युं वडाका स्थानियलाई सिधा तराई जान आउन निक्कै सहज भएको छ ।

 

पौवासेराको बंशिलाघाट दुधकोसी नदी र नदीपारी चौदण्डीगढी नगरपालिकाको सिध्दिपुरलाई झोलुङगे पुलले जोडेपछि स्थानियमा खुशी छाएको स्थानिय खेमराज श्रेष्ठले जानकारी दिए ।
२०७५ भदौ १० गते राती ८ : १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

भोजपुरमा श्रीमानको हत्याराबाट पैसा असुल्ने महिला पक्राउ

समायोजन खबर भोजपुर, श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा...

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

समायोजन खबर भोजपुर, बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता...

मुख्य समाचार

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...

श्रीमती र १५ महिने छोरालाई जलाउन खोज्ने श्रीमान पक्राउ

समायोजन खबर धादिङ, २४ वर्षीया श्रीमती र १५ महिने...

अमेरिकाको अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेले जनायो आपत्ति

समायोजन खबर एजेन्सी, चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई...

शिल्पाले गरिन् १० करोडको अफर अस्विकार

समायोजन खबर मुम्बई, भारतीय अभिनेत्री शिल्पा शेट्टीले एक विज्ञापनमा...