समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेल बजारमा भव्यताका साथमा गाईजात्रा पर्व मनाइएको छ । बिशेषगरी नेवार समुदायले मनाउने पर्व गाईजात्रा दिक्तेलका नेवार समुदायले वर्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्रअंकित गाई बनाएर बजार परिक्रमा गरेका छन् । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास रहि आएको छ ।
ठूला सहरमा गाई पाल्नेहरूले भने साच्चिकै गाईलाई सिङ्गारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रङ्गीबिरङ्गी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्ने चलन छ । नगरपरिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।

काठमाण्डु उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्युको शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले सहरमा वर्षभरि कतिजनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ । उपत्यकामा भने सरकारले सार्वजनिक विदा दिएको छ । काठमाडौं उपत्यका लगायत मुख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका सहरहरू बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा र तानसेनमा पनि यो पर्व मनाइन्छ ।
क्याप्सनः दिक्तेल बजारमा निकालिएको गाईजात्रामा नेवार समुदायहरु, तस्विर चिसाङ शेर्पा, २०७५ भदौ ११ गते मध्यान्ह २ : ०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology