• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कञ्चनपुरमा फेरि चल्याे गाेली, बालकको मृत्यु

कञ्चनपुरमा फेरि चल्याे गाेली, बालकको मृत्यु


समायोजन खबर
  • शुक्रबार, भाद्र ८ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर भदौ/८कञ्चनपुर,

    कञ्चनपुरको महेन्द्रनगरमा निर्मला पन्तको हत्याको छानबिनका लागि दबाबका लागि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक बालकको मृत्यु भएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर आफ्नै होटेलमा बसेका १७ वर्षीय चेतन भट्टकाे मृत्यु भएको महाकाली अञ्चल अस्पतालले जनाएकाे छ । प्रहरीले हानेको गोली बालकको छातीमै लागेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।

     

    निर्मला पन्तको बलात्कारमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । गोलीले घाइते भएकाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । बिहीबार पनि प्रदर्शनका क्रममा ८ जना गोली लागेर घाइते भएका थिए । उज्यालो

     २०७५ भदौ ८ गते राती ८ : ०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology