• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ज्यान मारेको अभियोगमा फरार ब्यक्ति १३ वर्षपछि पक्राउ

ज्यान मारेको अभियोगमा फरार ब्यक्ति १३ वर्षपछि पक्राउ


चिसाङ शेर्पा
  • बिहिबार, भाद्र ७ २०७५

  • साँकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    ज्यान मारेको अभियोगमा पक्राउ परी फरार रहेका प्रतिवादी बिर बहादुर तामाङ पुन : पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका तामाङलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

     

    २०६० साल असोज १५ गते साविक खार्मी गाविस वडा नं. ४ का २१ वर्षीय नवराज दाहाललाई कुटपिट गरी ज्यान मारेको अभियोगमा पक्राउ परी तत्काल जिल्ला अदालत खोटाङले पुर्पक्षको लागि जिल्ला कारागार चलान गराएकोमा २०६२ साल असार ५ गते कारागार आक्रमण हुंदा फरार रहेका ३६ वर्षीय तामाङलाई बिहीबार निजको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

     

    पक्राउ परेका तामाङलाई जिल्ला अदालत खोटाङले २०६३ साल फागुन ६ गते २० बर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । डेढ वर्ष कैद भुक्तान गरि फरार रहेका निज तामाङले अब १८ बर्ष ३ महिना २० दिन कैद सजाय भुक्तान गर्न बाँकी छ । उनलाई आजै फैसला कार्यान्वयनको लागी कारागार पठाईएको छ । दाहालको हत्यामा संलग्न पक्राउ परी थुनामा रहेका तीनजना कारागार आक्रमण हुंदा फरार रहेका थिए । तीन मध्ये यसअघि एकजना र तामाङ सहित दुईजना पक्राउ परेका हुन् । थप एकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
    २०७५ भदौ ७ गते साँझ ६ : २९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology