• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अनाधिकृत घर टहरा हटाउन लगत संकलन काम तीव्र

अनाधिकृत घर टहरा हटाउन लगत संकलन काम तीव्र


चिसाङ शेर्पा
  • बुधबार, साउन ३० २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिक्तेल बजारमा रहेका अनाधिकृत घर टहरा हटाउनका लागि लगत संकलनको काम धमाधम भईरहेको छ । दिक्तेल बजारलाई सुन्दर र व्यवस्थित शहर बनाउन अनाधिकृत संरचनाहरुको लगत संकलन कार्य धमाधम भईरहेको हो ।

     

    दिक्तेल बजारलाई व्यवस्थित बनाउन अहिले अमिनी र प्राविधिक टोलीले कुन–कुन स्थानमा अनाधिकृत घर टहरा बनिरहेको छ भन्ने बारेमा पत्ता लगाउने काम तीव्र रुपमा गरीरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिनुभयो ।
    सार्वजनिक जग्गा छुटाउने र अनाधिकृत घर टहरा पहिचान गर्ने कार्य अन्तरगत अल्छेढुंगा, रत्नपार्क क्षेत्रमा जग्गा पहिचान काम सकेर हाल हाँटडाँडामा पहिचान गर्ने काम भईरहेको छ । घर टहरा भत्काउने काम संवेदनशील भएकाले अझै केही समय लाग्ने नगरपालिकाले अनुमान गरेको छ ।

     

    ब्यक्तिको सारा जीबन खर्चेर बनाएको घरहरु जथाभावि भत्काउन संम्भव छैन । तर, उनले नियम मिचेर, मापदण्ड मिचेर सार्वजनिक रुपमा घर टहरा बनाएको छ भने, माया गर्ने कुरा भएन । मेयर रिजालले भने, “हामी अनिवार्य घर टहरा भत्काउँछौ । तर, त्यसका लागि हामीलाई लगत चाहियो, हो त्यो लगत चाँहि संकलन गर्ने कार्य धमाधम गरीरहेका छौ ।”

     

    नगरपालिकाले पहिला दिक्तेल बजारको अनाधिकृत घर टहरा हटाएर क्रमश नुनथला, बुइपा, खार्मी लगायतका स्थानमा बनेका अनाधिकृत घर टहरा भत्काउने र सार्वजनिक जग्गाको खोजी गर्ने बताउदै आएको छ ।
    २०७५ साउन ३० गते राती ८ : १५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology