• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आठ हजार काठेपोल धरापमा

आठ हजार काठेपोल धरापमा

फलामे पोल राख्नलाई १८ करोड ९९ लाख बजेट लाग्ने


समायोजन खबर
  • बुधबार, साउन ३० २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    जिल्लामा प्रसारित विधुत लाईनको ८ हजार काठको पोल फेर्नुपर्ने भएको छ । नियमित विधुत प्रवाह नहुनुमा मुख्य समस्याको जड काठेपोल भएकाले अनिवार्य फेर्नुपर्ने भएको हो ।

     

    प्राधिकरणको बुईपा सवस्टेशनदेखी ११ केभी लाईन र ट्रान्सफर्मरबाट वितरण गरिएको एलटी लाइनहरुमा राखिएको काठका पोलहरु तत्काल फेर्नुपर्ने अवस्था रहेको नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र दिक्तेलका प्रमुख नारायण प्रसाद चौधरीले बताए । काठको पोलमा फलामे पोल राख्नलाई १८ करोड ९९ लाख बजेट लाग्ने उहाँको भनाई छ ।

     

    जिल्लामा नियमित विधुत प्रवाह गराउनका लागि काठेपोल हटाउनै पर्ने बाध्यता भएकाले ८ हजार काठेपोल हटाई फलामे पोल राख्नलाई बिधुत प्राधिकरण वितरण केन्द्र दिक्तेलले केन्द्रिय कार्यालयलाई प्रस्ताव गरीसकेको छ । जिल्लामा २०५७ सालबाट बल्न थालेको बिधुत हाल साविकका ३९ गाविसमा बलिरहेको छ ।

     

    भौगोलिक विकटता, सडकको असुविधा रहेको जिल्लाका अधिकांश स्थानहरुमा काठको पोल भएकाले वेला वेलामा ढल्ने, मक्कने, भाँचिने समस्याले नियमित विधुत प्रसारणमा समस्या आउने गरेको छ । उदयपुरको जलजले सव स्टेशनबाट बुईपा सव स्टेशनसम्मको ७० किलोमिटर दुरीको बाटोमा पनि बेलाबेलामा रुख ढल्ने, पहिरो जाने समस्याले नियमित विधुत प्रवाह हुन सकेको छैन ।

     

    यद्यपी, उदयपुरको जलजले सव स्टेशनबाट बुईपा सव स्टेशनसम्मको ३३ केभी लाईनलाई प्राधिकरणले हाल मर्मत गरीरहेको छ । लामो दुरी र जंगलको वाटो हुंदै आएको लाईनमा पिन इन्सुलेटर, डिक्स इन्सुलेटर, तार, च्यानल, जम्पर मर्मत गरीरहेको छ । भाँचिएका पोल फेर्ने, डिस कनेक्ट स्वीच राख्ने काम पनि एकैसाथ भइरहेको छ । मर्मत कार्य भएकाले प्राधिकरणले दिउँसोको समयमा विधुत कटौती गरी साँझमा मात्रै विधुत दिदै आएको छ । मर्मत कार्य दश दिनमा सकिने र नियमित विधुत प्रवाह हुने प्राधिकरणले जनाएको छ ।

     

    विधुत नियमित नआउदा सरकारी, गैह्र सरकारी कार्यालयगत कामकाज, वित्तिय संस्था, साना उधोग र बिशेषगरी जिल्लामा रहेको दुइ सामुदायिक रेडियो, पत्रपत्रिका, अनलाईन सञ्चालन गर्न समस्या भएको छ ।
    २०७५ साउन ३० गते साँझ ७ : १६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology