• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

युएईमा साँस्कृतिक धमाका हुने

युएईमा साँस्कृतिक धमाका हुने


चिसाङ शेर्पा
  • मंगलबार, साउन २९ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङ्ग सेवा समाज युएईको प्रथम साँस्कृतिक धमाका २०१८ बृहत रुपमा हुने भएको छ । विभिन्न समस्यामा गुज्रिएका प्रवासी खोटाङगे र जिल्लामै समस्यामा झेलिएका खोटाङगेहरुको सहयोगका लागि साँस्कृतिक धमाका हुने भएको हो ।

     

    आगामी अगष्ट २४ तारिख अर्थात भदौ ८ गते हुने धमाकामा नेपाली साँगीतिक आकाशका चर्चित गायक मेघास्टार राई इज किङ्ग राजेश पायल राई, युवा गायक जिबिहाङ्ग राई, मोडल तथा नृत्याङगना बर्षा थिङ लामाको साथमा दर्जनौं स्थानीय कलाकारहरुको साथमा धमाका हुने युएईबाट खोटाङका नारायण वस्नेतले जानकारी दिनुभयो । धमाका युएईस्थित अबुधाबीको मुसाफा केएम हाईपरमार्केटस्थित मलेयाली हलमा हुनेछ ।

     

    कार्यक्रमकै दिन भाग्यशाली चिट्ठा उपहार कार्यक्रम पनि राखिएको संस्थाका अध्यक्ष हिमाल गुरुङले बताउनुभयो । कार्यक्रममा सहभागिताका लागि युएईका विभिन्न शहरबाट यातायातको सुविधा रहेको छ ।
    २०७५ साउन २९ गते  राती ९ : ०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology