चिसाङ शेर्पा खोटाङ,
जिल्लामा नियमित विधुत प्रवाह नभएकोप्रति जेष्ठ नागरिक आक्रोशित बनेका छन् । विगत लामो समययता निरन्तर विधुत प्रवाह गराउनुको सट्टामा बिधुत कटौतीगरी शास्ती दिएको भन्दै जेष्ठ नागरिकहरु आक्रोशित बनेका हुन् ।
विधुत नआउँदा दैनिक जनजिवनमा प्रत्यक्ष असर पुगेकाले विधुत विस्तार भएका स्थानमा नियमित विधुत प्रवाह हुनुपर्ने, बेलाबेलामा बत्ती जाने समस्या समाधान हुनुपर्ने, महशुल लिनमा कडाइ गर्ने तर, विधुत नदिने कार्यलाई तत्काल सुधार गराउनुपर्ने लगायतका विषयलाई लिएर जेष्ठ नागरिक संघ खोटाङले मंगलबार नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रमा डेलिगेसनमा गएर तत्काल विधुत नियमित प्रवाह गराउन ध्यानाकर्षण गराएका छन् ।
जिल्लाका सरोकारवाला लगायतले टड्कारोको रुपमा उठाएको विषयलाई लिएर जेष्ठ नागरिक संघ खोटाङका पदाधिकारीहरुले प्राधिकरण वितरण केन्द्र दिक्तेलका प्रमुख नारायण प्रसाद चौधरीको कार्यकक्षमा गएर विधुत नआउनुको स्पष्टिकरण मागेका थिए । विधुत निरन्तर नआउनुमा कसको दोष र दोषी भए कडा कारवाही गर्नुपर्ने भन्दै केही समय चर्काचर्की भएको थियो । प्राधिकरणको लापारवाही कारण बत्ती नआउदा बृद्धबृद्धाहरुलाई सबैभन्दा समस्या भएको जेष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गा घिमिरेले बताउनुभयो । करीब ६५ वर्ष माथिका दर्जनबढी बृद्धबृद्धाहरुले जिल्लामा नियमित विधुत प्रवाह गराउन प्राधिकरणलाई सुझाव दिएको छ ।
विधुत प्राधिकरणले भने उदयपुरको जलजले सव–स्टेशनदेखी बुईपा सव–स्टेशनसम्मको ३३ केभी प्रसारण लाईनमा मर्मतको कार्य भएकाले दिउँसोको समयमा विधुत कटौती गरिएको बताएका छन् । मर्मत कार्य दशदिनमा सकिने र नियमित विधुत प्रवाह हुने प्राधिकरणले जनाएको छ ।
हाल जिल्लामा मुख्य समस्याको रुपमा रहेको विधुत दैनिकरुपमा प्रवाह नहुंदा सरकारी, गैह्र सरकारी कार्यालयगत कामकाज, वित्तिय संस्था, साना उधोगलाई समस्या भएको छ । नियमित विधुत नआउदा जिल्लाबाट सञ्चालनमा आईरहेको दुइ सामुदायिक रेडियो, पत्रपत्रिका, अनलाईन सञ्चालन गर्न चरम समस्या भएको छ ।
जलेको विधुतीय ट्रान्सफर्मर नबन्दा एक सिङगो गाउँ अध्याँरोमा बस्न बाध्य भएका छन् । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे कालापानीका एकसय घरदुरी विगत १५ दिनयता अध्याँरोमा बस्न बाध्य भएको हो ।
कालापानीमा रहेको २५ वाटको ट्रान्सफर्मर जल्दा त्यस भेगका उपभोक्तालाई शास्ती भएको छ । दैनिक प्रवाह हुनुपर्ने विधुत लामो समय हुंदा समेत नआउदा दैनिक जनजिवनमा समस्या भएको लिच्कीराम्चेका स्थानीय अश्बिन राउतले जानकारी दिएका छन् । वत्ती नहुंदा बिशेषगरी विधार्थी, बृद्धबृद्धालाई समस्या भएको छ ।
जलेको ट्रान्सफर्मरमा अर्को राख्नका लागि दिक्तेलमा रहेको ट्रान्सफर्मर मर्मत भईरहेको र आइतबारसम्म ट्रान्सफर्मर बन्ने नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख उमेश महत्तोले बताउनुभयो । उहाँका अनुसार सोमबारसम्मा लिच्कीराम्चेमा बत्ती बल्नेछ ।
क्याप्सन : प्राधिकरणमा पुगेका जेष्ठ नागरिकहरु, तस्विर, चिसाङ शेर्पा, २०७५ साउन २९ साँझ ७ : ३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology