Samayojan khabar

Advertisment

SKIP THIS

जन्तेढुंगा,बराहपोखरी, साकेला, खोटेहाङ, ऐसेलुखर्कमा टेलिफोनको चरम समस्या

  • कहिले आउलान् सुविधाले फोन चलाउने दिन
  • चिसाङ शेर्पा खोटाङ,
    जन्तेढुंगा गाउँपालिकामा टेलिफोनको चरम समस्या रहेको छ । गाउँपालिकाको काहुलेमा नेपाल टेलिकमको टावर भएपनि अधिकांश स्थानमा टेलिफोनको समस्या भएको हो । भौगोलिक रुपमा डाँडापहरा रहेको गाउँपालिकाको डम्र्बखुशिवालय, काहुले, देविस्थान, दिप्लुङ, वोपुङमा टेलिफोनको समस्या रहेको जन्तेढुंगा गाउँपालिका प्रमुख शंकर बहादुर राईले जानकारी दिनुभयो । टेलिफोनको भरपर्दो सुविधा नहुंदा नियमित काममा समस्या हुंदै आएको छ । फोन गर्नकै लागि डाँडा–डाँडामा नेटवर्क खोज्दै हिड्नुपर्ने बाध्यता छ ।

     

    स्थानियवासीले बर्षैदेखी झेल्दै आएको टेलिफोनको समस्या समाधानका लागि डम्र्बखुशिवालयमा रहेको कूहिभीरडाडाँमा थप टावर राख्न आफू स्वंयम टेलिकमको क्षेत्रिय कार्यालय विराटनगर र केन्द्रिय कार्यालय काठमाण्डौमा पटकपटक अनुरोध गरेपनि उनीहरुले वेवास्ता गरेको गाउँपालिका प्रमुख राइले बताउनुभयो । टेलिफोनको असुविधाकै कारण खबर आदनप्रदान गर्नमा ढिलाई हुंदा कतीपयको अकालमै ज्यान समेत जाने गरेको छ ।

     

    टेलिफोनको समस्या समाधानका लागि केन्द्रसम्म पहल गरिदिन खोटाङका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई, राजन राईलाई पनि अनुरोध गरिएको थियो । उहाँहरुबाट सम्बन्धित निकायसम्म खाशै प्रभावकारी समन्वय नभएको पाइएको छ । जन्तेढुंगा गाउँपालिकावासीलाई यातायातमा समेत उस्तै चरम समस्या छ । गाउँपालिकाको ६ वडामध्ये ४ वडामा हिउद बर्खा नै गाडी गुड्ने सडक बनेता पनि उदयपुर र खोटाङको सिमानामा रहेको दुधकोशी नदीमा पक्की पुल नहुंदा यातायातमा ठूलो समस्या देखिएको हो ।

     

    गाउँपालिकाको सबै वडादेखी सिधा र छोटोदुरीमा तराई जान सकिने भए पनि नदीमा पुल नहुंदा ६ महिना तराईसँगको सम्बन्ध टुट्ने गरेको छ । भर्खरै दुधकोशी नदीको बंशिलाघाटमा बनेको झोलुङगे पुलले यातायातमा केही राहत दिएको छ । झोलुङगे पुल बनेपछि तरकारी, फलफुलहरु विक्रीका लागि तराई लगिने गरिएको छ ।

    साकेला गाउँपालिका

    साकेला गाउँपालिकाको अधिकांश वडाहरुमा बर्षैदेखी टेलिफोनको उस्तै समस्या रहेको छ । बिशेषगरी खिदिमा,च्यानडाँडा, रतन्छा लगायतका वडाहरुमा टेलिफोनको विकराल समस्या रहेको छ । त्यस भेगका स्थानिय फोन गर्नकै लागि अग्ला–अग्ला डाँडाहरुमा निस्कनुपर्ने नमिठो बाध्यता छ ।

    बराहपोखरी गाउँपालिकामा समस्या उस्तै

    खोटाङको बराहपोखरी गाउँपालिकामा फोनको उस्तै अत्याधिक समस्या छ । त्यस गाउँपालिकाको सबै वडाहरुमा फोनको समस्या रहेको हो । गाउँपालिकाको वडाभन्दा बाहिरका केही स्थानमा भएका नेपाल टेलिकम र निजी कम्पनी एनसेलको टावरले आंशिक रुपमा काम गरेता पनि गाउँपालिकाभरी नै फोनको समस्या रहेको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए ।

     

    फाक्टाङ, पौवासेरा, मौवाबोटे, बराहपोखरी वडाहरुमा तराईका फोनका टावरले काम गरीरहेको छ । सुन्तलेमा पनि तराई र ईन्द्रेणीपोखरीको एनसेल फोनको टावरले काम चलीरहेको छ । फोनको टावर राख्नका लागि आवाश्यक प्रक्रिया र बजेट विनियोजन भएर सोलार प्यानल जडान सकिएको र बर्खाका कारण अन्य काम गर्न नसकिएको गाउँपालिकाको भनाई छ ।

     खोटेहाङ गाउँपालिका

    खोटेहाङ गाउँपालिकामा पनि टेलिफोनको उस्तै समस्या छ । गाउँपालिकाको लिकुवापोखरीमा सबैभन्दा वढी फोनको समस्या छ । लिकुवापोखरीको वडा कार्यालय बाहेका अन्य स्थानमा टेलिफोनको अत्याधिक समस्या रहेको खोटेहाङ गाउँपालिकाकी उपप्रमुख कविता राईले जानकारी दिइन् ।

     

    उहाँका अनुसार लिकुवापोखरीमा टावर राख्न पहल भइरहेको छ । वडा नम्बर ५, ६ को केही स्थानमा आशिंक रुपमा मात्रै टेलिफोन चल्ने गरेको छ । टेलिफोन गर्नका लागि डाँडामा चड्नुुपर्ने बाध्यता रहेको छ । विजुली बत्तीको हकमा भने लिकुवापोखरी, वाफलुखा, सावाकटहरेमा बल्न बाँकी रहेको छ । अन्य वडाहरुमा बिजुली बलिरहेको छ ।

    ऐसेलुखर्क गाउँपालिका

    ऐसेलुखर्क गाउँपालिकामा सबैभन्दा धेरै टेलिफोनको समस्या रहेको छ । गाउँपालिकाको सात वडाभरी नै फोनको ठूलो समस्या रहेको पाइएको छ । राखावाङ्देल, वाकाचोल, माक्पामा टेलिफोनको सुविधा शुन्य छ ।

     

    सञ्चारको विकासमा नयाँ नयाँ आयम आए पनि त्यस भेगका मानिसलाई अझैसम्म फोनकै सुविधा छैन । ऐसेलुखर्क बजारमा मात्रै टेलिफोन चल्ने गरेको र वडाकै अन्य स्थानमा समस्या रहेको गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले जानकारी दिनभयो । जलेश्वरी, महेश्वरी र ज्यामिरेमा आशिंक रुपमा टेलिफोन सञ्चालनमा रहेको छ ।

     

    टेलिफोनको चरम समस्या झेलिरहेका गाउँपालिकावासीका लागि राखावाङ्देलमा टावर राख्ने भनिए पनि बर्खाका कारण संम्भव नरहेको गाउँपालिकाले जनाएको छ । बर्खाकै कारण प्राविधिकहरु समेत आउन मन नगर्दा टेलिफोनको अत्याधिक समस्या भएको हो । फोन गर्नकै लागि घण्टौ हिडेर डाँडाहरुमा धाउनुपर्ने बाध्यता स्थानियमा यथावत छ । केपीलासगढी गाउँपालिकामा भने हाल टेलिफोनको समस्या नरहेको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । बाक्सिला, वासपानी, सप्तेश्वरमा बिजुली बत्ती पुगेको छ । अन्य वडामा विस्तारको काम भईरहेको छ ।
    २०७५ साउन २९ गते बिहान ७ :५७ मा प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

    चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

    गलत बाटोतर्फ एसईई परिक्षार्थी

    चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

    उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

    प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

    समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

    देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

    समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

    मुख्य समाचार

    नेकपामा नेपालको लिखित असहमति

    समायोजन खबर काठमाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    अग्नि पिडित शिशुलाई अमेरिकाबाट एक लाख १८ हजार सहयोग

    चिसाङ शेर्पा खोटाङ, अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुबाट अग्नि पिडित...

    गलत बाटोतर्फ एसईई परिक्षार्थी

    चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभर एसईई ग्रेड सुधारको परिक्षा...

    उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

    समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

    प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

    समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...