चिसाङ शेर्पा खोटाङ,
खोटाङका डिएसपी राजकुमार केसी र शसस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुवेदीलाई डायरी र डटपेन प्रदान गरिएको छ । आफ्नो कार्यकालमा जिल्लामा घटेका घट्ना तथा अपराधहरुको अभिलेख राखी पिडीतलाई न्याय र दोषीलाई कडा कारवाही गर्नमा सहयोग पुगोस भन्ने उद्देश्यले डायरी र डटपेन दिइएको हो ।
भखैरै खोटाङमा आएका डिएसपीद्धयलाई स्वागत गर्दै सामुदायिक सेवा केन्द्र दिक्तेलका अध्यक्ष सनमान खड्काले डायरी डटपेन बितरण गरेका थिए । स्वागत कार्यक्रममा जिल्लाको शान्ती सुरक्षा अमनचयनलाई अझ व्यवस्थित बनाउन सहभागीले अनुरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी केसी र शसस्त्र प्रहरीबल गुल्म हेडक्वाटर खोटाङ नम्बर ७ गुल्मका डिएसपी सुवेदीले जिल्लावासीलाई शान्ती सुरक्षा दिलाउनमा आफूहरु कटिबद्ध भएर लाग्ने बताएका छन् । समाजमा घट्ने घट्नाहरुमा तुरुन्तै प्रहरी पुग्न नसक्न्ने हुनाले सत्यतथ्य खबर गर्नमा कन्जुस्याइ नगरी प्रहरीलाई सूचना दिन सर्वसाधरणलाई अनुरोध गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी केसीले २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्नको फायललाई प्राथमिकता दिने बताएका छन् । हालसम्म प्रहरीले तीन महिलाको हत्यारा अझै पत्ता लगाउन सकेको छैन ।
क्याप्सन : जिल्ला प्रहरी कार्यालयका डिएसपी केसी डायरी र डटपेन लिनुहुदै, तस्विर, चिसाङ शेर्पा, २०७५ साउन २८ गते साँझ ७ : १८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology