दिक्तेल बजारको सडक बनाउन मेयरलाई आग्रह

  • आवमा दिक्तेल बजारलाई कालोपत्रे गर्ने काम प्रारम्भ गछौ : मेयर
  • चिसाङ शेर्पा खोटाङ,
    दिक्तेलको मुख्य बजारभित्रकै सडक अब्यवस्थित खाल्डाखुल्डी हिलाम्मे भएको भन्दै मेयरलाई सडक बनाउन सर्वसाधरणले अनुरोध गरेको छ । सदरमुकाम दिक्तेल बजारको हाटडाँडा–रत्नपार्क सडकमा पैदल यात्रा गर्नसमेत कठिन भएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयरलाई पछिल्लो समयमा औपचारिक/अनौपचारिक रुपमा सडक बनाउन अनुरोध आउन थालेको हो ।

     

    हलेसी टाइम्स दैनिक पत्रिका र स्थानिय साईनो कला केन्द्रले गत साउन २५ गते राखेको हलेसी साईनो स्टारको समन्वयात्मक बैठकको समापनमा दिक्तेल बजार निवासी सुन व्यवसायी गीता शंकरले मौखिक रुपमै सडक बनाउन मेयरलाई आग्रह गर्नुभएको हो । हलेसी साईनो स्टारको दोश्रो पुरस्कार प्रायोजन गर्नु भएपछि बोल्न दिएको समयमा शंकरले दिक्तेल बजारको बाटोमा गम्भुट लगाएर समेत हिड्न गाह्रो भएकाले सडक बनाउन आग्रह गरेकी हुन् । पैदल यात्रा गर्नसम्म सकसपुर्ण दिक्तेल बजारको सडक बनाउन वजारवासीले अनुरोध गर्दै आएको छ ।

     

    हाल दिक्तेलको रत्नपार्कदेखी हाटडाँडासम्म पैदल यात्रा गर्न नै सकसपुर्ण रहेको छ । बर्खाको समयमा खाल्डाखुल्डी हुनु, सडककै दायाँबायाँलाई मिचेर पसल, व्यवसायीले थुपारेका विभिन्न सामग्री तथा स्थानीयले संरचना बनाउन थुपारेका ढुंगा,ईटा, काठपात, रड, बालुवा र अव्यवस्थित सवारी साधन पार्किङले दिक्तेल बजारको सडकमा पैदल यात्रा गर्न समस्या रहेको छ । शहर कुरुप बनेको छ ।

     

    निर्वाचित भएदेखी दिक्तेल बजारको विषयलाई लिएर आफू सबैभन्दा वढी चिन्तित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । निर्वाचितपछि पहिलो पटक बजारको डिपिआर तयार ग-र्यौ, शहरी विकास मन्त्रालयबाट सबै पास भएर गयो । उहाँले भन्नुभयो, “अन्तिममा अर्थ मन्त्रालयमा पैसाको कारणले गर्दा त्यो रोकियो । त्यसलाई फाइनल गर्न लागि परेको छु । सबैलाई बिश्वास दिलाउछु । यो आर्थिक वर्षमा दिक्तेल बजारलाई कालोपत्रे गर्ने काम प्रारम्भ गछौ ।”

     

    दिक्तेल बजारलाई राम्रो र व्यवस्थित बनाउने आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउदै मेयर रिजालले यस बिषयमा अत्यन्तै संबेदनशिल रहेको जिकिर गरे । नगरपालिकाको सबै बजेट लगाए पनि बजारको सडक कालोपत्रे गर्न असंम्भव रहेकाले केन्द्र, प्रदेशलाई अनुरोध गर्नुपर्ने भएकाले पनि सडक बनाउन/कालोपत्रे गर्न ढिला भएको उहाँको भनाई छ । केन्द्र र प्रदेशलाई बजेटको लागि अनुरोध भने गरी रहेको जनाइएको छ
    क्याप्सन : सदरमुकाम दिक्तेल बजारस्थित पुरानो वेसक्याम्पको हिलाम्मे सडक, तस्विर चिसाङ शेर्पा, २०७५ साउन २८ गते साँझ ६ : ४० मा प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    गौरिका सिंहले जितिन् अर्को स्वर्ण

    समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

    सुनको मूल्यमा लगातार गिरावट

    समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

    अटो दुर्घट्ना,एकको मृत्यु

    समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

    एकलौटी ढंगले बजेट वितरण गरेको भन्दै कांग्रेस सांसदको आपत्ती

    चिसाङ शेर्पा खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट...

    स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)

    समायोजन खबर खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना...

    मुख्य समाचार

    गौरिका सिंहले जितिन् अर्को स्वर्ण

    समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

    गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

    समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...

    सुनको मूल्यमा लगातार गिरावट

    समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

    अटो दुर्घट्ना,एकको मृत्यु

    समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

    महोत्तरीमा लोडेड पेस्तोल सहित एक थान म्यागजिन बरामद

    समायोजन खबर महोत्तरी, महोत्तरीमा एक थान लोडेड पेस्तोल...