Samayojan khabar

Advertisment

SKIP THIS

डाक्टरको लापरवाहीले बालिका कार्कीको ज्यान गयो

  • परीवारको आपत्ती
  • समायोजन खबर खोटाङ,

    दिशा पिसाबको समस्याको कारण स्वास्थ्य उपचार गराइरहेका बालिकाको डाक्टरको लापरवाहीका कारण ज्यान गएको आफन्तहरुले गुनासो गरेका छन् । जन्तेढुङगा गाउँपालिका–५ चिसापानी वाचिपाला घर भएकी १२ वर्षीय कोपीला कार्कीको उपचारको क्रममा डाक्टरको लापरवाहीका कारण ज्यान गएको आफन्तले गुनासो गरेको हो ।

     

    प्राथामिक स्वास्थ्य केन्द्र चिसापानीमा गत बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएकी कार्कीको उपचारकै क्रममा शुक्रबार ज्यान गएको थियो । दिशा पिसाब रोकिएर अस्पताल भर्ना गरिएको बालिकालाई स्वास्थ्य चौकीले उपचार गर्न नसकेपछि थप उपचारका लागि तत्काल रेफर नगर्नु र कार्कीको स्वास्थ्य अवस्थाका विषयमा परिवारलाई जानकारी नगराई उपचार गरिनुले बालिकाको ज्यान गएको मृतकका दाजु नवराज कार्कीले जनाए ।

     

    ‘डाक्टरको हेलचेक्र्याईका कारण बहिनीको त निधन भयो अव फर्केर आउदिन तर, आगामी दिनमा अरुलाई यस्तो नहोस’ उनले भने, “समयमा उपचार होस यदि उपचार गर्न सकिदैन भने तत्काल रेफर गर्नुपर्छ, आगामी दिनमा यो गल्ति फेरी नदोरियोस ।”  आफुहरुले समयमै उपचारका लागि बाहिर लैजान भनेको तर, आफन्तहरुले उपचारमा लैजान ढिला गरेका कारण बालिकाको ज्यान गएको प्राथामिक स्वास्थ्य केन्द्र चिसापानीका प्रमुख डाक्टर सरोजकुमार शाहले बताए । “बालिकालाई यूटिआई भएको थियो, हामीले सकेसम्म उपचार ग¥र्यौ तर बचाउँन सकेनौं, यसमा हाम्रो लापरवाही छैन् ।” उनले भने ।
    मृतक कार्की चिसापानी उच्च माविमा कक्षा ९ मा अध्ययनरत थिईन् ।
    २०७५ साउन २७ गते बिहान ११  :०५ मा प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    शिक्षक/शिक्षिकाका लागि हस्तलेखन कार्यशाला

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका शिक्षकलाई...

    युएईमा उधौली मनाईयो

    समायोजन खबर युएई युएईको अबुधाबी शहरमा किराँती समुदायहरुले उधौली...

    माछा मार्न थापेकाे जालमा शिशुको शव फेला परेपछि… अनलाईन लोगो

    समायोजन खबर सप्तरी, सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा...

    जीप दुर्घट्नामा एकको मृत्यु, चालक गम्भीर घाईते

    चिसाङ शेर्पा खोटाङ खोटाङमा बोलेरो जीप दुर्घट्ना हुँदा एकजनाको...

    विद्यालयको स्वर्ण जयन्तीमा ५० वत्ती बालिए

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा...

    मुख्य समाचार

    शिक्षक/शिक्षिकाका लागि हस्तलेखन कार्यशाला

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका शिक्षकलाई...

    सिन्धुपाल्चोकमा बस दुर्घटना,१२ जनाको मृत्यु

    समायोजन खबर काठमाडौं, सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस खाडिचौर–जिरी...

    मौसमविद भन्छन्, अझै वर्षा र हिमपातको संम्भावना

    समायोजन खबर काठमाण्डौ, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे...

    युएईमा उधौली मनाईयो

    समायोजन खबर युएई युएईको अबुधाबी शहरमा किराँती समुदायहरुले उधौली...

    भ्रमण वर्ष सफल बनाउनमा लाग्यो हलेसी तुवाचुङ नगरपालिका

    चिसाङ शेर्पा खोटाङ, सरकारले घोषणा गरेको भिजिट नेपाल २०२०...