• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हराईरहेका बालक भेटियो

हराईरहेका बालक भेटियो


चिसाङ शेर्पा
  • बुधबार, साउन २३ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा आठ दिनयता हराईरहेका एक बालक फेला परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १६ वर्षीय प्रदिप राई नाम गरेका बालक सोमबार फेला परेको हो ।

     

    गएको साउन १४ गते घरमा आमाबुबा नभएको बेलामा छिमेकी साथीहरुलाई मावला जाने भनी घर छोडेर हिडेका कान्छा छोरा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ मझुवाफेदीमा फेला परको आमा चित्रकुमारी राईले जानकारी दिईन् ।

     

    हराईरहेका वालक मझुवाफेदीस्थित सर्वधन राईको घरमा फेला परेको थियो । आफ्नो बाउ आमाको नाम भनेकाले वालकको परिवार पहिचान गर्न सजिलो भएकोे थियो । साउन २१ गते फेला परेका बालकलाई परिवारले हिजो घरमा लगेका हुन् । उनको स्वास्थ्य स्थिती सामान्य रहेको परिवारले जनाएको छ ।
    २०७५ साउन २३ गते साँझ ७ : १० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology