चिसाङ शेर्पा खोटाङ,
जिल्ला समन्वय समिति खोटाङले एकवर्षे कार्यप्रगती विवरण सार्वजनिक गरेको छ । आफू एकवर्ष पुगेको उपलक्ष्यमा समितिले मंगलबार आफ्नो कार्यप्रगती विवरण सार्वजनिक गरेको हो ।
२०७४ साउन २२ गते पहिलो वैठक वसि ‘गुणस्तरीय निर्माण सहित जनसेवी प्रशासनका लागि प्रभावकारी अनुगमन समन्वय सन्तुलन’ नारा तय गरेको समन्वयले दशैवटा स्थानीय तहलाई मार्गदर्शन, लोगो तथा पोषाकमा एक रुपता, प्रदेश सरकारमा ४० वटा योजना पेश गरिएको जिल्ला समन्वय समिति प्रमुख ववि चाम्लिङले बताउनुभयो ।
पेश गरिएका ४० वटा योजनामध्ये कुनकुन स्वीकृत भए भन्ने अझै टुंगो लाग्न नसकेको प्रमुख चाम्लिङको भनाई छ । पत्रकार भेटघाट कार्यक्रममा संविधान र प्रचलित कानुन वमोजिम अनुगमन समन्वय र सन्तुलनका लागि सदस्यहरुको नेतृत्वमा ८ वटा अनुगमन समिति र २०७२ साल बैशाख १२ र २९ गते गते गएको महाभुकम्पमा परेका ८ हजार ४ सय ४३ जना लाभग्राहीलाई पहिलो र दोश्रो किस्ता रकम वितरण गरिएको जानकारी दिएको थियो । पहिलो किस्तामा ८ हजार ३ सय ११ जना र दोश्रो किस्तामा २ हजार ४ सय १ जनालाई जम्मा ४० करोड ६० लाख भुक्तानी गरिएको छ । यस्तै, समन्वय समितिले जनप्रतिनिधि, कर्मचारीको क्षमता विकास तालिममा न्यायिक समिति, योजना र वजेटिङ र स्थानिय सरकार सञ्चालन र अन्तर सम्बन्धित विषयहरुको तालिम दिएको हो ।
दिक्तेल खानीडाँडा रेग्मीटार सडक, दिखुवा वेलडाँडा सडकको काम भईरहेको तथा साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने तावाखोलामा पुलको कामको सम्झौता प्रक्रिया सम्पन्न भई आगामी भदौबाट काम हुने जनाइएको छ । उक्त पुल सिद्धिसाई जेभीले निर्माण गर्ने भएको छ । समन्वयले औधोगिक ग्राम स्थापनाका लागि पूर्वाधार विकास र कर लगाउने सम्बन्धमा समन्वय तथा असार ३१ गते दोश्रो जिल्ला सभा गरेको थियो ।
यसैगरी यसवर्ष गाउँपालिका र नगरपालिकाविच समन्वय, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो अनुगमन गर्ने र जिल्लामा रहने संघीय तथा प्रदेश सरकारी कार्यालय र गाउँपालिका तथा नगरपालिकाबिच समन्वय गर्ने जिल्ला समन्वय समितिले योजना बनाएको छ । चालू आर्थिक वर्षका लागि वजेट सिलिङ भर्खरै आएको र चाडै विनियोजन गरिने समन्वय समितिले जनाएको छ ।
क्याप्सन : बार्षिक प्रगती विवरण प्रस्तुत गर्नुहुंदै जिसस प्रमुख चाम्लिङ, तस्विर, चिसाङ शेर्पा, २०७५ साउन २२ गते साँझ ७ : ३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology