चिसाङ शेर्पा खोटाङ,
जिल्लामा तथा काठमाण्डौ भ्यालीमा खोटाङगेले गर्ने सानाठूला सांगीतिक कार्यक्रममा नछुट्ने एउटा नाम हो पृथी जिम्बा(तामाङ), स्वअध्ययन र स्वसाधानाले निखारिएका गायक जिम्बाको नाम र गीत नसुन्ने ब्यक्ति खोटाङमा कमै होलान् । झट्ट हेर्दा बुढ्यौलीपनले छोएको अनुभव हुने जीबन गीतसंगीतकै नशाले बुढो बनाएको उहाँको भनाई छ । २५ वर्षे सांगीतिक यात्रामा रातदिन संर्घष गरीरहेका जिम्बा नेपाली गीतसंगीतका एक धरोहर हुन् । माया, प्रेम, राष्ट्रभाव, जागरणजस्ता झण्डै ३५ भन्दावढी गीत गाएका खिदिमाली जिम्बाको परिचय एक अग्रज संगीतकर्मी तथा गायक हो ।
आमा जमुना जिम्बा र बुुबा सम्पत जिम्बाको माइला छोराका रुपमा २०३१ असार २९ गते तत्कालिन खिदिमा गाविसमा जन्मनु भएका लोपोन्मुख (जिम्बा तामाङले) आफ्नो जातलाई लापोन्मुख हुन मात्र दिएन । जातियताको पहिचान र सिङगो नेपाली संगीत बजारमा एक अभिभावक भएर बेग्लै पहिचान बनाए ।
पञ्चकन्या प्रा.वि छितापोखरीबाट औपचारिक शिक्षा सुरुवात गरेका जिम्बाले भगवती मा.वि खोटाङबजारबाट २०४७ सालमा प्रवेशिका परिक्षा उतिर्ण गरे । बिए सकेर समाजशमस्त्रमा मास्र्टड गर्न लागि परेका ४४ वर्षीय जिम्बाले २०५० सालबाट डाँडापाखा, बनजंगल, दशै तिहारमा हुने साना कार्यक्रममा गीत गाउन थाले । त्यो समयमा अहिलेको जस्तो स्थानियस्तरमा प्रशस्त संगीत विद्धालयहरु थिएन । लामो स्वास लिदै उनले भने, “आहै अहिलेको जस्तो पहिले भइदिएको भए आज कहाँबाट कहाँ पुगिन्थ्यो । तर, पनि गाउँघर भित्तापाखामा सिकेको सिप खेर गएन ।” सन्तुष्ट छु जिम्बाले भने, ‘त्यो बेला त रेडियोमा गीत सुनिन्थ्यो, गाउन सिकिन्थ्यो ।’

गाउँघर मेलापात गर्दै गाएको अनुभवहरु बटुलेर रेडियो नेपालको क्षेत्रिय प्रसारण केन्द्रको सम्पर्क कार्यालय धरानबाट फर्म भरेर जिम्बाले २०५२ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेका थिए । त्यो बेलाको रेडियो नेपालमा स्वर परिक्षा पास गर्नु भनेको पहाड उचाल्नु जस्तै थियो । स्वर परिक्षा पास गरेपछि रेडियो नेपालले एक गीत निशुल्क रेर्कड गराइदिने निति थियो । खुशीको सिमा रहेन । रेडियो नेपालले रेर्कड गराउने गीतमा आवाज दिन, आवाज दिनका लागि दिनानु दिन सिंहदरबार धाए । दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो नभन्दै बर्ष बित्यो, एकवटा गीतमा आवाज दिनका लागि भनेर ०५२ सालदेखी ०५३ सालसम्म एकबर्ष सिंहदरबार धाए । गायक जिम्बाले भने, तर पालो नै पाईन । निरास मुद्रामा उनले भने, त्यो बेला सञ्चार जगत अहिलेजस्तो प्रशस्त थिएन । सञ्चार जगतहरु एकाध रुपमा थिए । गाउन नपाउँदा खिनन्ता छाएको थियो तर, बाटो छोडिन ।
२०६५ सालमा तामाङ भाषाको जागरण गीत रेर्कड गराएका जिम्बाले सोही वर्ष रेडियो नेपालले राष्ट्रब्यापीरुपमा आयोजना गरेको फुलबारी सम्मेलनमा लाइभ प्रस्तुती दिएर उत्कृष्ट दशमा परे । यस्तै, ०५७ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापी बालगीत प्रतियोगितामा उनको संगतीतबद्ध वालगीत तेश्रो भयो । उहाँमा आएको कला र गलाको बाढीलाई ०५७ सालयता देशको राजनीतिक माहोलले केही धक्का दियो । देशमा राजनीतिक माहोल राम्रो थिएन काठमाण्डौ आउन जान संकटनै थियो । उनले भने ‘तर पनि सामान्य लेखनका कामहरु भने निरन्तर भए । ०७१ सालबाट चाहि स्टेजमा पनि गाउन थाले ।’
जब, जिम्बाको स्वर संगीतमा ‘नौरङगी सपना’ एल्बम बजारमा आयो उनलाइ नेपाली गायन क्षेत्रमा लाग्न झन उत्साह मिल्यो । रेडियो नै आफ्नो गीत संगीतमा लाग्नुको प्रेरणा भएको बताउनुहुने जिम्बाले खोटाङे कलाकारहरुको रचना भएको नौरङगी सपनामा समाबेश एघार गीत गाए । ०६५ सालमा नौरङगी सपना गाएपछि उहाँको गायनको काम लाइनबद्ध हुन थाल्यो । आठ वर्षपछि ‘सुसाङ’ एल्बमको ६ वटा गीतमा आवाज दिए । संगीतकार शिलाबहादुर मोक्तानको संगीतमा आबद्ध सोही एल्बममा समाबेश गीत ‘तिमीलाई भेटु मात्रै के–के म सुनाउँछु’बाट जिम्बा एकाएक चर्चामा आए । अहिले नेपाली मिडियामा सबैभन्दा वढी उक्त गीत बज्ने उहाँको दाबि छ ।
भर्खरै मात्र राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय दिक्तेलको लगानीमा मानवअधिकार गीत गाएका गायक जिम्बाको ‘यो देशमा एउटा आन्दोलन चाहिन्छ जागरण गीत र झर्रो लोकगीत कमिजै मैलो, अस्कोटै मैलो’ सार्वजनिक भएको छ । उनले तामाङ सेलो झामेला दुःख, सिन्धुली खुर्कोट र टेम्केको शिरजस्ता दर्जनौ गीत गाएका छन् । शरण खत्री मृदुल र टेक तामाङको रचनालाइ संगीत भरेका तामाङको संगीतमा दिपक लिम्बु र शिव परियारले पनि आवाज दिएको छ । ०५९ सालमा नुनथलामा मागी विवाह गरेका गायक जिम्बा हाल पेशाले संगीतको शिक्षक हुन् । नेपाली गीतसंगीत क्षेत्रमा पछिल्लो समय धेरै बिकृती विसंगती आएको र जो कोहीलाई टिक्न गाह्रो भएको यथार्थ उहाँको तर्क छ । प्रायः नेपालको सबै बिषयमा छलफल बहस हुन्छ । तर, मलाई थाहा छैन गीतसंगीतको क्षेत्रमा बहस छलफल भएको । उनले भने, ‘त्यो जरुरी छ अनिमात्रै गीत संगीतमा निखारता, मौलिकता अझ बढ्दै जान्छ । हामीलाई टिक्न सजिलो हुन्छ । गीत संगीतको अस्तित्व र पहिचान बचाउन सकिन्छ ।’

शाररिक रुपमा अपाङ्गता भए पनि अपाङ्गता भनेर हिनताबोध कहिल्यै हुन्न । मलाई परिवार, साथीभाइको राम्रो साथ सहयोग छ । यतिसम्म कि टंक थापा, बिष्णुकुमार राई मेरो सांगीतिक जीबनको सबैभन्दा नजिकको अग्रज हो । उहाँहरुकै हौसालामा ०७१ सालमा दुईजनाले मात्रै स्टेज बनाएर गीत गाएको छु उनले भने । वर्षदिनमा एकवटा गीत बजार ल्याउने उहाँलाइ हालसम्म माथि उल्लेखित बाहेक कसैको सहयोग छैन । गीत संगीत जर्गेना र पहिचान स्थायित्वका लागि केही कार्यालयमा प्रस्तावपत्र पेश गरिएको तर, सिधै फिर्ता लैजान भनेको उहाँको दुखेसो छ ।
शुभद्रा मदन फाउण्डेसन सोल्मा डाँडागाउ विद्धालयका संगीत शिक्षक समेत रहेका जिम्बाले विभिन्न साथीभाईको साथ सहयोग भएमा विदेशसम्म आफ्नो गायन प्रतिभा देखाउन जाने इच्छा प्रकट गरे । जिल्लामा सञ्चालन हुने गीतसंगीतको कार्यक्रममा गायक जिम्बाको अनुपस्थिती हुंदा कार्यक्रम खल्लो हुने गरेको पाईन्छ ।
फोटो : गायक जिम्बा, २०७५ साउन २२ गते मध्यान्ह १२ : १५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology