• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा वर्षदिनमा १०१ जनाको मृत्यु

खोटाङमा वर्षदिनमा १०१ जनाको मृत्यु


चिसाङ शेर्पा
  • शुक्रबार, साउन १८ २०७५

  • सांकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा आर्थिक वर्ष २०७४/०७५ मा १ सय १ जनाको मृत्यु भएको छ । ५७ जना पुरुष, ३९ जना महिला, २ जना नावालक र ३ नावालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा झुण्डिएर ३९ जना, कर्तब्य ज्यानमा ४ जना, विषादी सेवनमा १४ जना, भवितब्यमा ३८ जना, सवारी दुर्घट्नामा ४ जना र अन्य २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलले जानकारी दिएको छ ।

     

    जिल्ला प्रहरी कार्यालय दिक्तेलका अनुसार आर्थिक वर्ष २०७४/०७५ मै ६७ वटा मुद्दा फछ्र्यौट भएको छ । कूल १ सय ६२ मुद्दा मध्ये विपक्षी खुलेका उक्त संख्याको मुद्दा फछ्र्यौट भएको हो । विपक्षी नखुलेका ९५ वटा मुद्दा पेण्डिङमा रहेको छ । वर्षदिनमा प्रहरीले तीनवटा कर्तब्य ज्यान मुद्दामा तीनै जनालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । प्रहरीले केही सार्वजनिक अपराधका २१ वटा घट्नमा संलग्न २१ जना र ज्यान मार्ने उधोगको ९ वटा घट्नमा संलग्न ८ जनालाई पक्राउ गरेको थियो । ज्यान मार्ने उधोगको फरार एकजनाको खोजी भईरहेको बताइएको छ ।

     

    जर्बजस्ती करणी उधोगमा ४ वटा घट्नामा ३ जना पक्राउ, एकको खोजी, हात हतियार ओसारपसार तीनवटा घट्नामा संलग्न ४ जना, जर्बजस्ती करणीका ८ घट्नामा ७ जना, खोटा चलन (नक्कली नोट छाप्ने) एकवटा घट्नामा २ जना पक्राउ परेका थिए । यस्तै, साना चोरीका ५ घट्नामा ५ जना पक्राउ, बहुविवाहको तीनवटा घट्नामा १ जना पक्राउ, सवारी ज्यान ४ वटा घट्नामा ४ जना पक्राउ, अपहरण तथा शरीर बन्धकमा १ जना, मानव बेचबिखनमा १ जना, कालोबजारी १ जना र नागरिकता किर्ते घट्नमा संलग्न ५ जनालाई पक्राउ गरिएको थियो । पक्राउ गरी मुद्दा चलाइएको अभियुक्तहरु केही पुर्पक्षका लागि थुनामा र केही रिहाई भइसकेको प्रहरीले जनाएको छ ।
    २०७५ साउन १८ गते साँझ ७ :२५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology