• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१ महिना १४ दिन बित्यो:अझै भेटिएन दुइ बालिका,एक बालक पनि बेपत्ता

१ महिना १४ दिन बित्यो:अझै भेटिएन दुइ बालिका,एक बालक पनि बेपत्ता

चार दिनयता बालक बेपत्ता


चिसाङ शेर्पा
  • बिहिबार, साउन १७ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा हराईरहेका दुइ बालिका १ महिना १४ दिन पुग्दा समेत अझै भेटिएको छैन । खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कात्तिकेकी १३ वर्षीय अनिता श्रेष्ठ र सोहि ठाउँकी १५ वर्र्षीय कृष्ण कुमारी तामाङ अझै नभेटिएको हो ।  गएको असार ३ गतेबाट हराईरहेका कक्षा तीनमा अध्ययनरत अनिता र कक्षा पाँचमा अध्ययनरत सपनाको खोजीका निम्ति परिवार, आफन्त, छरछिमेक, प्रहरी जुटे पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

     

    परिवारले दुइ बालिका हराएको ६ दिनपछि अर्थात असार ८ गते प्रहरीमा निवेदन दिएकाले खोजतलास गर्नमा केही ढिलाइ भएको ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरीक्षक चन्द्र कुमार राजबंशीले बताए । प्रहरी पारिवारीक सम्पर्कमा एकदम नजिक छ । उहाँले भन्नुभयो,“असार ८ गतेबाट दुइ बालिकाको हुलिया जारी गरेर ब्यापक खोजतलास गरीरहेका छौ ।” लामो समय देखी सवैतिर खोजी कार्य भईरहेको भएपनि हालसम्म उनिहरु सम्पर्कमा नआउदा परिवार चिन्तित बनेको छ । कसैले उनीहरुलाई ललाईफकाई कतै लगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

    चार दिनयता बालक बेपत्ता

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका १६ वर्षीय प्रदिप राई नाम गरेका बालक चार दिनयता हराईरहेका हुन् । गत सोमबार घरमा आमाबुबा नभएको बेलामा छिमेकी साथीहरुलाई मावला जाने भनी घर छोडेर हिडेका कान्छा छोरा हालसम्म कतै फेला नपरेको आमा चित्रकुमारी राईले जानकारी दिनुभयो ।

     

    सोझो र बेलाबेला प्रष्ट मुख नलाग्ने प्रदिप मावला खाल्लेहुंदै टेम्मा जान्छु भनेर हिडेको भएता पनि खाल्ले र टेम्मामा नभएको आमा चित्रकुमारीले बताउनुभयो । प्याजी रंङको ज्याकेट, निलो पाईन्ट लगाएका बालक परिवार, आफन्तले खोजी गर्दा नभेटिएपछि बुधबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा खोजीका लागि निवेदन दिइएको परिवारले जनाएको छ । बालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलले बताएको छ ।
    तस्विर हराईरहेकी दुइ बालिका, २०७५ साउन १७ गते साँझ ६ : ५५मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology