• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साढे ६ केजी गाँजासहित एक पक्राउ

साढे ६ केजी गाँजासहित एक पक्राउ


समायोजन खबर
  • बिहिबार, साउन १७ २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ,

    साढे ६ केजी अवैध गाँजा सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नगरपालिका–१० भैँसीपंखा धाराटारकी ६४ वर्षीया कोमलशोभा राईलाई अवैध गाँजाको कारोबार गरिरहेका अवस्थामा जिल्ला प्रहरीले बुधबार पक्राउ गरेको हो । राईले केही समयदेखि गाँजा उत्पादन तथा बिक्री वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा उनको घर खानतलासी गर्ने क्रममा उक्त गाँजा फेला परेको
    प्रहरीले जनाएको छ ।

    बुइकल तलामा बोराभित्र गाँजा लुकाएर राखिएको अवस्थामा भेटिएको थियो । बिक्रीवितरणका लागि राखिएको उक्त गाँजाका साथै प्रहरीले राईको १४ रोपनी क्षेत्रफल मकैबारीमा रहेको एक सय २ बोट र उनका छिमेकी ६२ वर्षीय दिलकुमार राईको १३ रोपनी क्षेत्रफल मकैबारीमा लगाएको ८४ बोट गाँजा समेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेबेले जानकारी दिनुभयो । पक्राउ परेकी राईलाई अवैध गाजा बेचबिखन गरेको आरोपमा कानुनी कारवाहीको  प्रक्रिया अगाडि बढाएको डिएसपी थेबेले बताउनुभयो ।

    २०७५ साउन १७ गते दिउँसो २: ०० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology