समायोजन खबर खोटाङ,
खोटाङका दुई बिद्यार्थीलाई किरात राई यायोक्खाले जीवन योवन सेरालुङ छात्रबृत्ति दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका प्रश्नराज राईले २०७३ सालमा स्थापना गरेको छात्रबृत्ति यसपल्ट खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १७ वर्षीय सम्झना राई र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका दिवस राईलाई दिइएको हो ।
शनिबार खोटेहाङ गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा छात्रबृत्तिका संस्थापक प्रश्नराजले छात्रा सम्झना र छात्र दिवसलाई छात्रबृत्तिवापत जनही ५ हजारकासाथमा शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । गरिब, जेहेन्दार र फरक क्षमता भएका छात्र÷छात्राको प्रोत्साहनका लागि स्थापना गरिएको छात्रबृत्ति यसपल्ट सम्झना र दिबसलाई छानेर प्रदान गरिएको किरात राई यायोक्खा खोटाङकी अध्यक्ष अञ्जना राईले बताउनुभयो । कक्षा ११ को परिक्षा दिइसकेकी १७ वर्षीय सम्झना खुट्टाको साहराले लेखपढ गर्दैआउनु भएको छ ।
२०७५ साउन १२ गते साँझ ५ : ५३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology