• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वडा कार्यालय तोडफोडमा संलग्न आठ जना पक्राउ

वडा कार्यालय तोडफोडमा संलग्न आठ जना पक्राउ


चिसाङ शेर्पा
  • सोमबार, साउन ७ २०७५

  • साँकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको रावाबेंसी गाउँपालिका–२ खार्पाको वडा कार्यालय तोडफोड गर्ने आठजना कामदार पक्राउ परेका छन् । वडाभित्र निर्माणाधिन कल्लेरी खोला सिंचाई आयोजनमा काम गर्ने कामदार वडा कार्यालय तोडफोड गर्दै गर्दा पक्राउ परेका हुन । तोडफोडमा संलग्न मादक पदार्थ सेवन गरेका रहेका छन् ।

     

    वडा कार्यालय तोडफोड गर्दै गर्दा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान घर भएका १७ वर्षीय श्यामराज विक, सोहि ठाउँका २४ वर्षीय तविन्द्र राई, १८ वर्षीय कविन्द्र राई १५ वर्षीय रुविन राई, १९ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलले जनाएको छ । यस्तै, रावाबेंशी गाउँपालिका–२ खार्पा घर भएका १५ वर्षीय रुपन परियार सोहि ठाँउको १९ वर्षीय कुशल नेपाली, १५ वर्षीय कुशल भूजेललाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्ने सवैलाई जिल्ला प्रहरी कार्याल दिक्तेल ल्याईएको छ ।

     

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाका अनुसार सरकारी अड्डालाई तोडफोड गर्दै गर्दा पक्राउ गरिएकोले आवश्यक छानविनका लागि दिक्तेल ल्याईएको हो । थापाले भने, “पक्राउ परेका व्यक्तिले वडा कार्यालयमा मोवाईल चार्जमा राखेको र कार्यालय बन्द भएपछि राति उनिहरुले झिक्ने प्रयास गरेको बुझ्नमा आएको छ । उनिहरुले नियतवस गरेको ठहरिदैन आवश्यक छानविनपछि उनिहरुलाई छोडिदिने तयारीमा छौं ।”

     

    उनिहरुले वडा कार्यालयको दुईवटा ढोकामध्ये एउटा ढोका फुटाएको र भित्र रहेका सामानहरु भने नचलाएको अवस्थामा आफुले थाहा पाएको रावाबेंसी गाउँपालिका वडा नम्बर–२ खार्पाका वडाध्यक्ष कालीदास पोखरेलले जानकारी दिए ।
                                                 २०७५ साउन ७ गते साँझ ७ : २० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology