चिसाङ शेर्पा खोटाङ,
आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिको कार्यालय बिदा हुने भएको छ । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर तारा सुब्बाको शोक मनाउन नगर कार्यपालिको कार्यालय बिदा हुने भएको हो । बिदा भएसँगै कार्यालयगत कामकाज बन्द हुने भएको छ ।
नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै स्वर्गीय मेयर सुब्बाको दिवंगत आत्माप्रती श्रद्धाञ्जली अर्पण तथा नगरवासी र शोकाकुल परिवारप्रती समबेदना प्रकट गर्न नगर कार्यपालिको कार्यालय बिदा गर्ने निर्णय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।
स्वर्गीय मेयर सुब्बाको गत साउन १ गते काठमाण्डौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा निधन भएको थियो । उहाँको आज धरान–१८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्धारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।
२०७५ साउन ५ गते दिउँसो ३ : ५५ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology