• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला र दिप्रुङमा ईन्टरनेट जडान अन्तिम चरण

साकेला र दिप्रुङमा ईन्टरनेट जडान अन्तिम चरण


चिसाङ शेर्पा
  • शनिबार, साउन ५ २०७५

  • फाइल तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ईन्टरनेट जडानको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकालाई सञ्चारसँग नजिक र दैनिक कामकाज गर्नमा सहजताका लागि गाउँपालिकाले ईन्टरनेट जडानको काम समापन विन्दुमा पु¥याएको हो ।

     

    भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा बढीमा दुईदिनमा गाउँपालिकाको ७ वटै वडामा ईन्टरनेट सुचारु गर्ने लक्ष्य रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । गाउँपालिका भवनमा १ एमविपिएस र वडाहरुमा ५ सय १२ केविपिएस क्षमताको इन्टरनेट जडान गरिने उहाँको भनाई छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लागि उदयपुरको रौतादेबीमा भएको डिभाइसदेखी हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेको रिपीटर टावरमा कनेक्सन गरी त्यहाँबाट सिधा याङसोलाटारमा रहेको टावरसँग कनेक्सन गराइएको भर्चुवल नेटवर्क प्रालिले जनाएको छ । शुक्रबारसम्म गाउँपालिका भवन र डाडाँगाउमा नेट जडान गरि सकिएको छ । आगामी आईतबारभित्र गाउँपालिकाको सबै वडामा ईन्टरनेट सुचारु गरिने आइटी अफिसर राईले बताए ।

     

    यता साकेला गाउँपालिकामा पनि ईन्टरनेट जडानको काम लगभग सकिएको छ । भर्चुवल नेटवर्क प्रालिले मानेभन्ज्याङ डाडाँमा टावर राखेर फाईभरको कामको अलवा अन्य प्राविधिक, भौतिक काम सम्पन्न गरेको साकेला गाउँपालिका प्रमुख अर्जुन कुमार खड्काले बताए ।

     

    गाउँपालिकाको ८ लाख लगानीमा ईन्टरनेटको काम थालेको प्रालिले मानेभन्ज्याङदेखी खिदिमासम्म ६ किलोमिटर फाईबरको काम धमाधम गरीरहेको छ । खिदिमासम्म पु¥याउन बाँस तथा रुखको खम्बा प्रयोग गरी तार टाँग्ने काम भइरहेको भर्चुवल नेटवर्क प्रालि खोटाङका प्रतिनिधि कमल राईले जानकारी दिए । गाउँपालिका भवनमा १ एमविपिएस र वडा कार्यालयहरुमा २ सय ५६ देखी ५ सय १२ केविपिएसको ईन्टरनेट जडान गरिने जनाईएको छ ।

     

    बराहपोखरी, जन्तेढुंगा, खोटेहाङ, केपीलासगढी गाउँपालिकामा भर्चुवलले ईन्टरनेट जडान गरिसकेको छ । जडान सकिएका गाउँपालिका भवनमा १ एमविपिएस र वडा कार्यालयहरुमा भने माग अनुसारको ईन्टरनेट जडान गरिएको प्रालिले जनाएको छ । केपीलासगढीमा भने प्राविधिक समस्याका कारण नेट सञ्चालनमा समस्या भएको छ । त्यसलाई ५ दिनभित्रमा सुधार गर्ने प्रालिले बताएको छ । रावाबेंशी, ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका यसअघि नै ईन्टरनेटको पहुंचमा थियो ।
                                                   २०७५ साउन ५ गते बिहान ८ : ५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology