• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गुड फ्राईडेमा प्रबृत्तिलाई सम्मान

गुड फ्राईडेमा प्रबृत्तिलाई सम्मान


चिसाङ शेर्पा
  • शुक्रबार, साउन ४ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी नब गायिका प्रबृत्ति राईलाई सम्मान गरिएको छ । गत बुधबार ओखलढुंगामा सम्पन्न भिजन आईडल दोश्रो सिजनको पहिलो रनरअप भएकी राईलाई साईनो कला केन्द्र दिक्तेलले थप सांगितिक जिबनको कामना सहित सम्मान गरेको हो ।

     

    नेपाली सांगितीक क्षेत्रमा ठूलो संम्भावना बोकेकी राईलाई जिल्ला समन्वय समितिको सभाहलमा साईनो कला केन्द्रले गर्दै आएको गुड फ्राइडे अन्तरगत शुक्रबार सम्मान गरिएको छ । उनलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ, जिल्ला समन्वय समिति सदस्य चर्च बहादुर बिश्वकर्मा, नेकपा कम्न्युष्टका नेता राम प्रसाद दंगाल, पत्रकार उजुर राई, साईनो कला केन्द्र सदस्य, तथा उनका शुभचिन्तकले बधाई सहित सम्मान गर्नु भएको थियो ।

    यसैविच, भिजन आईडल प्रतियोगितामा जिताउन सहयोग गर्ने सहयोगीदाताबाट प्राप्त रकम पनि सार्वजनिक गरिएको छ । प्रबृत्तिलाई भोटिङ सिष्टमबाट जिताउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पत्रकार उजुर राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका वडाध्यक्ष लोकेन्द्र राईले दश/दश हजार आर्थिक सहयोग गर्नुभएको साईनो कला केन्द्र दिक्तेलका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

     

    भिजन आईडलमा प्रबृत्तिलाई जिताउन साईनो कला केन्द्रले ७ हजार, अर्जुनभक्त राई, भगवान गुरुङ, निरकुमार राई, संगीता राईले २/२ हजार, पत्रकार दिलीप खत्री, जनप्रतिनिधि अमृत गिरी, सुमन खड्का, किरण राई, सन्तोष राईले १/१ हजार, यस्तै, पत्रकार दमन राई, उत्तम चौलागाँई, देबेन्द्र आचार्य, तुलस राईले ५/५ सय, युनिक साम्पाङको संयोजकत्वमा ७ हजार ५ सय, कमल ढकाल र पदम हिङमाङले १५/१५ सय रुपैयाँ आर्थिक सहयोग गर्नु भएको थियो ।

     

    संकलित केही रकम पहिला नै उनलाई हस्तान्तरण गरिसकेको भए पनि बाँकी रकम शुक्रबार सम्मान कार्यक्रममा दिइएको हो । गायीका बनाउने आमाबाबुको सपना पूरा गर्नका लागि प्रबृत्ति सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी छन् । तर, परिवारको सपना पूरा नहुँदै क्यान्सरले आमाको मृत्यु भएपछि विचल्नीमा परेकी प्रबृत्तिलाई साईनो कलाकेन्द्रले निशुल्क संगीत अध्ययन गर्ने अवशर दिइरहेको छ । क्यान्सर लागेकी आमाको उपचार असफल भएपछि र परिवार ऋणमा परेर निरास बनेकी प्रबृत्तिलाई साईनो कला केन्द्रले दिक्तेल ल्याएर संगीत सिक्ने अवशर दिएको हो । ‘हाल दिक्तेल बसिरहेकी प्रबृत्ति बालसेवा समाज नेपालको पुस्तकालयमा काम गर्दै साईनो कला केन्द्रमा संगीत अध्ययन गरिरहेकी छन् ।

     

    उनको कारुणिक जीवन संर्घष सुनेर धेरैले सहानुभूती सहित सांगितीक जीवनमा उज्ज्वल भविष्य रहेको बताएका छन् । उनको जीबन कथा सुनेर नै रावाबेंशी गाउँपालिका–२ खार्पाका उदिम चाम्लिङले एकवटा गीत उनैको आवाजमा रेकर्डिङ गराउने भएका छन् । भावुक मुद्रामा टुहुरी भए पनि सबैको साथ र सहयोग पाएमा ठूलो कलाकार बन्ने अठोट सहित प्रबृत्तिले सम्मान कार्यक्रममा सबै किसिमबाट सहयोग गर्नेहरुलाई धन्यवाद दिएकी छन् । साईनो कलाकेन्द्रको गुड फ्राईडेमा बाल कलाकार एल्बिन श्रेष्ठ, एल्बिना श्रेष्ठ, खोटाङ आईडल तेज राई, खोटाङ आईडल तृतिय अमिता राई, केदार अनुरागी, पर्शु गजमेर, भक्त बिश्वकर्मा लगायतले सांगीतिक प्रस्तुती देखाएका थिए ।
    क्याप्सन : प्रबृत्तिलाई सहयोग रकम हस्तान्तरण गर्नुहुदै पत्रकार उजुर राई लगायत अतिथिहरु, तस्विर, चिसाङ शेर्पा, २०७५ साउन ४ गते राती ९ : २५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology