• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यूएईबाट क्यान्सर पिडित बालकलाइ आर्थिक सहयोग

यूएईबाट क्यान्सर पिडित बालकलाइ आर्थिक सहयोग


समायोजन खबर
  • बुधबार, साउन २ २०७५

  • समायोजन खबर खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सामातुङका क्यान्सर पिडित बालकलाई यूएईमा रहेका शुभेच्छुकले आर्थिक सहयोग गरेका छन् । आँखाको क्यान्सर भएपछि लामो समयदेखि उपचार गराइरहेका ५ वर्षीय अंकित राईलाई खोटाङ समाज यूएईले आर्थिक सहयोग गरेको हो । आँखाको क्यान्सर भएपछि कान्तीबाल अस्पतालमा उपचार गराइरहेका अंकितलाई खोटाङ समाज यूएईले २९ हजार ५५० रुपैयाँ प्रदान गरेको हो ।

     

    खोटाङ सेवा समाज युएईको प्रथम महिला उपाध्यक्ष भगवती चाम्लिङको संयोजकत्व र मिडिया संयोजक नारायण बस्नेतको सह–संयोजकत्वमा दुबाईमा आर्थिक संकलन गरिएको हो । संकलित रकम खोटाङ हलेसी सेवा समाज काठमाडौंका अध्यक्ष कर्णराज कटुवाल र खोटाङ सेवा समाज युएईका सदस्य टंक भट्टराईकी श्रीमती शान्ता दाहाल भट्टराईले कान्तीबाल अस्पताल महाराजगञ्ज पुगेर अंकितका बाबु बिदेश राईलाई हस्तान्तरण गर्नुभएको छ ।

    क्याप्सन : आँखाका उपचार गराईरहेका बालकका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नुहुदै खोटाङ हलेसी सेवा समाज काठमाडौं,र खोटाङ सेवा समाज युएईका पदाधिकारीहरु, तस्विर समायोजन खबर२०७५ साउन २ गते साँझ ७ : २५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology