चिसाङ शेर्पा खोटाङ,
खोटाङको नुनथलास्थित महुरेमा निर्माणाधिन ‘महुरेगढी पोखरी’को काम ९५ प्रतिशत सकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको गौरबको योजना अन्तरगत नगरपालिकाको १३ नम्बर वडा नुनथलामा निर्माण भईरहेको पर्यटन प्रवद्र्धनमा सबैभन्दा ठूलो संम्भावना बोकेको पाखेरीको काम अन्तिम चरणमा आईपुगेको हो ।
आर्थिक वर्ष २०७४/०७५को नगरपालिकाको पर्यटन प्रवद्र्धन शिर्षकमा बिनियोजन भएको १३ लाख लगानीमा गत फागुनदेखी महुरे देवीगढी संरक्षण समितिले निर्माण थालेको पोखरी यहि असारभित्र सक्नुपर्ने सम्झौता भए पनि आन्तरिक विवादका कारण सम्झौता अवधिभन्दा काम केही पर सरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दिनेश राईले बताउनुभयो । राईका अनुसार सम्झौता अवधिमा काम नसकिए पनि मौसम र प्रविधिले साथ दिएमा साउन पहिलो हप्ता पोखरीको उद्घाटन गरिनेछ ।
हालसम्म पोखरीको पानि चुहिन नदिन पनिङ प्लाष्टर, कलरीङका लागि फाइनल प्लाष्टर सकिएको छ । अब, पोखरी कम्पाउण्ड बाहिरको फलामको डण्डी, जाली वेल्डिङ, मुख्य गेट र पोखरीमा कलरीङको काम बाँकी रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । आँखा आकारको पोखरीको बिचमा ब्रिज डाईनिङ बनाइएको छ । परापुर्वक कालदेखी रहेको आहाललाई स्वीस परियोजनाले केही वर्षअघि महुरे–गाईघाट सडक निर्माणका बेला सामान्यरुपमा संरक्षित आहाललाई परिमार्जित गर्दै बनाईएको पोखरीमा हलेसीले महुरे र खिल्कुलाई दिईरहेको एक धारा पानिको लगाईने छ ।

निर्माण समापनपछि पोखरीमा रंगीन माछा, सेन्सर बिजुली बत्ती, डिजिटल बोर्ड राखिने छ । दिक्तेल–हलेसी सडकको संगमस्थल र दिक्तेल–गाईघाट सडकको जिरो प्वाइन्टमा अवस्थित महुरेगढी पोखरी आन्तरिक तथा वाह्य पर्यटकको केन्द्रविन्दु हुनेछ ।
पुरानो महुरेगढी पोखरी भएकाले सार्न नमिल्ने र सवैको सेन्टरमा पर्ने भएको हुनाले अलिक व्यवस्थित बनाउने गरी बजेट थपिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । त्यस पोखरीमा नगरको समग्र वस्तुस्थिती झल्कने केही कुराहरु राख्छौ । उहाँले भन्नुभयो, “दिक्तेल–गाईघाट र मध्यपहाडी लोकमार्गको संगमस्थलमा रहेको पोखरीमा यात्रुहरुलाई त्यो ठाउँमा अडिएर नगरले गरेको महत्वपुर्ण काम हेर्न सक्नेगरी पाखेरीलाई आधुनिकिकरण र व्यवस्थित गरिरहेका हौ ।”
क्याप्सन : महुरेमा बन्दै पोखरी तस्विर चिसाङ शेर्पा, २०७५ असार ३२ गते बिहान ९ :२० बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology