चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम नगर दिवसको अबसरमा घोषणा गरेको एक लाख राशीको पुरस्कार वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ३ बाम्राङका ईमान सिहं राईलाई नगरभित्र राजनैतिक, आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा अतुलनीय योगदान गरेवापत नगरपालिकाले नगद पुरस्कार वितरण गरेको हो ।
गत असार १८ गते नगरदिवसको अवसरमा घोषणा गरेको पुरस्कार पारिवारीक समस्याका कारण ग्रहण गर्न नसक्नु भएका राईलाई आईतबार उहाँको निवासमा पुगेर खोटाङका प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई पासाङ, नगरप्रमुख दिपनारायण रिजाल, नगर उपप्रमुख बिणादेवि राई र निमित्त प्रमुख प्रशासकिय अधिकृत बल्लभ बिष्ट लगायतले सम्मानपत्र दोसल्ला ओढाएर पुरस्कार वितरण गर्नुभएको हो ।
क्याप्सन : बहुप्रतिभावान राईलाई पुरस्कार प्रदान गर्नुहुंदै प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई पासाङ, नगरप्रमुख दिपनारायण रिजाल, नगर उपप्रमुख बिणादेवि राई लगायतका अतिथिहरु, तस्विर, दिरुमनपा फेसबुक पेज, २०७५ असार ३१ साँझ ७ : ३० बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology