समायोजन खबर खोटाङ,
खोटाङमा ताला फोडेर पसलका सामान र नगद चोरी गरेको आरोपमा एक यूवालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाँडाका डगबहादुर राईको पसल फोडेर शनिबार राति नगद र सामान चोरी गरेको आरोपमा साकेला गाउँपालिका–४ मात्तिमका १८ वर्षिय सरोज राई पक्राउ परेका हुन् । राईले पसलमा रहेको ७० हजार नगद र बिस्कुट, चाउचाउ लगायतका सामान चोरी गरेको आरोप छ ।
यसैगरी,
खुकुरी प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाईते बनाउने युवा पनि पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–९ रसुवाघाटका ५३ बर्षिय ध्यानबहादुर माझीलाई मध्यपान प्रयोग गरेर खुकुरी प्रहार गर्ने सोहि ठाउँका ३५ बर्षिय काले माझी पक्राउ परेका हुन् । शनिबार साँझ मध्यपान प्रयोग गरेर ध्यानबहादुरको घरमा आएर काले माझीले खुकुरी प्रहार गरेको स्थानीयबासीले बताएका छन् ।
खुकुरी प्रहारपछि टाउको र ढाडमा गहिरो चोट लागेर गम्भीर घाइते बनेका ध्यानबहादुरलाई उपचारका लागि उदयपुरको गाइघाटतर्फ लगिएकोे छ । खुकुरी प्रहार गर्ने माझीलाई अस्थाई प्रहरी चौकी भण्डारेघाटले स्थानीयको सहयोगमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले बताए । पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।
२०७५ असार ३१ गते दिउँसो ४ : ०० बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology