समायोजन खबर खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पहिरोले एक हल गोरु र एउटा गाई बगाएको छ । गोठ पहिरोले बगाउँदा जालपा सावलुङका भीमबहादुर राईको हल गोरु र दुई वटा गाई बेपत्ता बनाएको । राईको अन्दाजी १ लाख ८० हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताउनुभयो । घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको र त्यो स्थान अति संवेदनशिल भएका कारण सुरक्षित रहन आग्रह गरिएको प्रहरीले जनाएको छ ।
गत असार दोश्रो साता वर्षाका कारण पहिरोको त्रास बढेपछि सुरक्षित स्थानमा सारिएका ७ घर परिवारमध्ये राईको गाईगोरु पहिरोले बगाएको वडाध्यक्ष बिकास राईले जानकारी दिनुभयो । सोही स्थानका कर्णबहादुर राई, दानबहादुर राई, जीतबहादुर राई, भीमबहादुर राई, हस्तबहादुर श्रेष्ठ तथा जालपा कादेलका निरकुमार राई र जालपा छिप्तीका हर्कबहादुर तामाङलाई घरभन्दा तल र वरपरको जमिन गत वर्ष लच्किएको र जोखिम बढेका कारण रातका समयमा सुरक्षित स्थानमा बस्ने र दिनमा घरमा आउने व्यवस्था मिलाइएको थयो ।
२०७५ असार ३१ गते बिहान ११ : ४३ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology