• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिका ‘नेपालकै पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगर’

हलेसी तुवाचुङ नगरपालिका ‘नेपालकै पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगर’


चिसाङ शेर्पा
  • शनिबार, असार ३० २०७५

  • चिसाङ शेर्पा,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका नेपालकैे पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषणा भएकोे छ । नगरपालिका भित्रको एघारै वडामा गत चैत्रमा वर्थिङ सेन्टर स्थापना गरिएपछि पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषणा गरिएको हो ।

     

    साविकका ७ गाविसमा यसअघि नै वर्थिङ सेन्टर स्थापना भइ सञ्चालन भईरहेको र स्थानिय सरकार कायमपछि गएको २०७४ फागुनदेखी क्रमशः मंगलटार, वडहरे, वाहुनीडाडाँ र गत चैत्र १ गते सल्लेमा वर्थिङ सेन्टर स्थापना भईसकेपछि शनिबार हलेसी तुवाचुङ नगरपालिकाको दोश्रो नगरसभाको दोश्रो दिन हलेसीस्थित होटल हलेसी भिलेजमा स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनाल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमयेर बिमला राईले पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषणा गरेका छन् ।

     

    नगरपालिकाको एघार वडामा भएको वर्थिङ सेन्टरहरुमा तालिम प्राप्त दक्ष प्रसुतीकर्मी, सुत्केरी गराउने साधान चुस्तदुस्त रहेको छ । प्रत्येका वडामा वर्थिङ सेन्टर स्थापनापछि गर्भवती जाँचमा बृद्धि, संस्थागत सुत्केरी बृद्धि भएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामकुमार भगतले जानकारी दिनुभयो । पुर्ण वर्थिङ सेन्टर युक्त नगर घोषणाको उपलक्ष्यमा महादेवस्थान हलेसी बजारका गर्भवती महिलाद्धय परिता वस्नेत, मिनकला राईलाई फलफुल वितरण गरिएको थियो ।

     

    घोषणासभाका प्रमुख अतिथि तथा स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनालले मन्त्रालयको अभिलेखमा हालसम्म पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका नभएको उल्लेख गर्दै हलेसी तुवाचुङ नगरपालिका नेपालकैे पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका भएको घोषणा गरे । नगरपालिकाभित्रका सुत्केरी गराउने आमाहरुले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथमा नगरले एक वर्षमै नगरलाई पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । नगरपालिकाका आम मानिस स्वस्थ भए नगर संमृद्ध हुन्छ । उनले भने, ‘नेपालको ७ सय ५३ स्थानिय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका नेपालकै पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगर हो । यो हाम्रो एक वर्षभित्रको सभैभन्दा उल्लेखनिय प्रगतीमा पर्छ ।’

     

    वर्थिङ सेन्टरमा सुत्केरीका समयमा आकस्मिक रुपमा देखा पर्ने अत्याधिक रक्तश्राप रोकथाम, बच्चा जन्मेपछि नरोएमा रुवाउने, मातृ तथा शिशु मृत्यदरमा कमी, वर्थिङ सेन्टरमा निशुल्क प्रसुती लिए वापत हजार रुपैयाँ यातायात खर्च र चार पटक नियमति गर्भजाँच गराएमा ४ सय रुपैयाँ रकम दिने गर्दछ ।

    क्याप्सन : नेपालकैे पहिलो पुर्ण वर्थिङ सेन्टर युक्त नगरपालिका घोषणा गर्नुहुदैं स्वास्थ्य मन्त्रालयका उपसचिव गोविन्द खनाल, हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राई, उपमेयर विमला राई र तस्विर चिसाङ शेर्पा, २०७५ असार ३० गते दिउसो १२ : ३५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology