• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङकी प्रबृत्ति भिजन आईडलको टप टेनमा

खोटाङकी प्रबृत्ति भिजन आईडलको टप टेनमा


समायोजन खबर
  • शुक्रबार, असार २९ २०७५

  • समायोजन खबर खोटाङ,

    ओखलढुंगामा जारी भिजन आईडलको दोश्रो सिजनमा खोटाङको प्रबृत्ति राई टप टेनमा पुग्न सफल भएकी छन् । भिजन नेपाल ओखलढुंगाको आयोजनामा भएको प्रतियोगीतामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी प्रबृत्ति टप टेनमा पुग्न सफल भएकी हुन् । २५२ प्रतियोगीमध्ये टप १६ मा परेकी प्रबृत्ति बिहिबार मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ गाउँपालिकामा आयोजित अडिसनबाट टप टेनमा छानिएकी निर्णायकको भूमीका निर्वाह गरिरहेका गायक सचिन राईले बताए ।

     

    साईनो कलाकेन्द्र खोटाङले निशुल्क संगीत कक्षा पढाइरहेकी प्रबृत्ति निर्णायकको मूल्यांकन र भोटिङका आधारमा टप टेनमा छानिएकी हुन् । भिजन आईडल सिजन टुमा जिताउनका लागि प्रबृत्तिले भोट दिनका लागि आग्रह गरेकी छन् । भिजन आईडलकी प्रतिष्पर्धी प्रबृत्तिलाई भोट दिनका लागि भिएफएम टाईप गरेर एक स्पेश दिएर ८७ टाइप गरेर ३७७९९ मा मेसेज सेन्ड गर्न सकिन्छ ।

     

    गायीका बनाउने आमाबाबुको सपना पूरा गर्नका लागि प्रबृत्ति सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी छन् । तर, परिवारको सपना पूरा नहुँदै क्यान्सरले आमाको मृत्यु भएपछि विचल्नीमा परेकी प्रबृत्तिलाई साईनो कलाकेन्द्रले निशुल्क संगीत अध्ययन गर्ने अवशर दिलाएको हो । क्यान्सर लागेकी आमाको उपचार असफल भएपछि र परिवार ऋणमा परेपछि निरास बनेकी प्रबृत्तिलाई साईनो कला केन्द्रले दिक्तेल ल्याएर संगीत सिक्ने अवशर दिएको हो । हाल दिक्तेल बसिरहेकी प्रबृत्ति बालसेवा समाज नेपालको पुस्तकालयमा काम गर्दै साईनो कला केन्द्रमा संगीत अध्ययन गरिरहेकी छन् । ‘प्रबृत्तिलाई परिवारले गायीका बनाउने सपना राखेको रहेछ, तर क्यान्सरले आमाको मृत्यु भएपछि निरास बनेर बसिरहेकी रहेछन्,’ साईनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले भने, ‘प्रतिभा भएको पाइएपछि प्रबृत्तिको सपना पूरा गर्नका लागि हामीले निशुल्क संगीत सिक्ने वाताबरण मिलाइदिएका हौँ ।’

     

    मानेभञ्ज्याङ गाउँपालिकामा भएको अडिसनबाट मानेभञ्ज्याङ गाउँपालिकाका ४ जना, सुनकोसी गाउँपालिकाका २ जना, उदयपुरको लिङचिङबुङ गाउँपालिकाका २ जना र ओखलढुंगा चिसंखुगढी गाउँपालिकाका एक जना टप टेनमा पर्न सफल भएका छन् । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाको पहिचान गर्दै प्रोत्साहन गर्नका लागि भिजन नेपालले गत वर्षदेखि भिजन आईडल सुरु गरेको हो ।
    भिजन आईडलमा प्रथम हुने प्रतिभालाई नगद २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र, द्वितिय हुनेलाई नगद १५ हजारका साथमा मायाँको चिनो, मेडल र प्रमाण–पत्र तथा तृतिय हुनेलाई नगद १० हजारको साथमा मायाँको चिनो, मेडल र प्रमाण–पत्र प्रदान गरिने भिजन नेपालले जनाएको छ । उत्कृष्ट प्रतियोगीलाई गीत रेकर्डिङको अवशर प्रदान गरिने आयोजकले जनाएको छ । भिजन नेपालको वार्षिक उत्सवको अवसरमा साउन २ गते एकल गायन र भिजन एफएमको वार्षिक उत्सवको अवशरमा फाल्गुण २ गते एकल नृत्य प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
                                                          २०७५ असार २९ गते बिहान ११ : १० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology